शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: ००:४५ | UK Time: 20:00

साहसिक कार्य गरेवापत मुसालाई स्वर्णपदक

वीनेपाली
२०७७ असोज ९ गते ९:१३

तस्वीर स्काइ न्युज

लण्डन । बारुदी सुरुङ पत्ता लगाउने एउटा मुसालाई ‘साहसिक कार्य गरेको र कामप्रति समर्पित रहेको’ भन्दै स्वर्णपदक दिइएको छ ।

मागावा नाम दिइएको सो मुसोले क्याम्बोडियामा ३९ वटा बारुदी सुरुङ र २८ वटा विष्फोटन नभएका बम फेला पारेको थियो ।

मागावाले १ लाख ४१ हजार वर्गमाइलमा विष्फोटक पदार्थ खोजी गरेको थियो । सो कार्यका लागि उसलाई बेलायतको जर्ज क्रस जत्तिकै मानिएको पीडीएसए गोल्ड मेडल दिइएको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक