लण्डन । बेलायत सरकारले कोरोना भाइरसको महामारीबाट ठूलो संख्यामा बेरोजगारको संख्या बढ्न नदिन नयाँ योजना ल्याएको छ ।
चान्सलर ऋषि सुनकले आज बेलायती संसदमा सम्बोधन गर्दै सरकारले आगामी छ महिनासम्म कामदारको दुईतिहाई समयको ज्याला बेहोरिदिने प्रस्ताव ल्याएका हुन् । यो योजना नोभेम्बर १ देखि लागू हुनेछ ।
यसअघि सरकारले ल्याएको ‘फर्लो’ योजना भने अर्को महिना अक्टोबर ३१ मा समापन हुनेछ । सो योजनामा शुरुमा सरकारले ८० प्रतिशत ज्याला बेहोरेको थियो भने पछिल्ला दुई महिना क्रमश ७० र ६० प्रतिशत ज्याला बेहोरेको थियो ।
सो योजनालाई ‘जब्स सपोर्ट स्किम’ ले प्रतिस्थापन गर्ने बताइएको छ ।
कोरोना भाइरसको संक्रमण पुन फैलँदै जाँदा सरकारले त्यसलाई नियन्त्रण गर्न कडा नियमहरु ल्याएको छ र अर्को महिना सरकारले लागू गर्को ‘फर्लो’ योजनासमेत समाप्त हुँदा ठूलो संख्यामा बेरोजगार हुने आँकलन गरिएको थियो । न्याशनल अफिस अफ स्ट्याटिटिक्सले युकेको कुल कामदार संख्याको १२ प्रतिशत पूर्ण वा आंशिक रुपमा फर्लोमा निर्भर रहेको बताएको छ ।
चान्सलर सुनकले कामदारहरुले सामान्य अवस्थामा गरिरहेको कामको कम्तीमा एकतिहाई समय काममा बिताउनु पर्ने बताएका छन् । सो समयको ज्याला रोजगारदाताले दिनेछन् भने बाँकी दुईतिहाई समयको ज्याला सरकार र रोजगारदाताले थपिदिने छन् । यस योजनामा मासिक ६९७ पाउण्ड ९२ पेन्सभन्दा बढी दाबी गर्न पाइने छैन ।
यो योजनाबाट साना तथा मझौला व्यवसाय (२५० वा सो भन्दा कम कर्मचारी भएका)लाभान्वीत हुने बताइएको छ । ठूला व्यवसायहरुको पनि धेरै नै व्यापार घटेको भए यो योजनाका लागि योग्य हुन सक्नेछन् । पहिले फर्लो योजना लागू नगरेका व्यापारिक प्रतिष्ठानहरु पनि यो योजनामा प्रवेश गर्न पाउने छन् ।
यसैगरी सरकारले व्यवसायीहरुलाई ऋण तिर्ने समय पनि थपिदिएको छ । यसअघि ६ वर्षभित्र ऋण तिर्न समय दिएकोमा अब लम्ब्याएर १० वर्ष पुर्याइएको छ ।
साथै, पर्यटन र आतिथ्य सत्कारका क्षेत्रमा घटाइएको मूल्यअभिवृद्धि कर (भ्याट)को अवधि पनि लम्ब्याएको छ । यसअघि सो योजना १२ जनवरी २०२१ सम्म मात्र रहेकोमा अहिले मार्च ३१ सम्म थपिएको छ ।
यस्तै, स्वरोजगारहरुका लागि यसअघि घोषित योजनालाई लम्ब्याएको छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा