बेलायत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको तेस्रो अधिवेसन २४ अक्टोबरमा हुने भएको छ ।
फोनिज युकेको ८ अगष्ट २०२० को दिन मगर भवन, फार्नबोरोमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । बैठकले अधिवेशनको लागि निर्वाचन मण्डल पनि गठन गरेको छ। निर्वाचन मण्डलको प्रमुख संयोजक संस्थाका प्रमुख सल्लाहकार मे. रि. सोनाम शेर्पालाई चयन गरेको छ भने सदस्यहरु सल्लाहकारहरु बिमला सेने र नरेश खपांगीलाई चयन गरेको छ। सो अधिवेससन भर्चुअल हुने छ।
बैठकले सदस्यता नविकरण र नयाँ सदस्यको लागि सदस्यता वितरण गर्ने निर्णय गरेको छ भने सदस्यता नविकरण र नयाँ सदस्यको लागि सदस्यता लिनको लागि अन्तिम मिति शनिबार १० अक्टोबर २०२० तोकिएको छ। सदस्यता नविकरण र नयाँ सदस्यको लागि सदस्यता शुल्क £२० लिने निर्णय बैठकले गरेको छ।
सो बैठकमा संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले फोनिज युकेले नेपालमा रहेका आदिवासी जनजाति पत्रकारहरुको लागि स्थापना गरिएको रु पाँच लाखको अक्षयकोषको बारेमा विशेष विवरण प्रस्तुत गर्नु भएको थियो। बैठकमा कोषाध्यक्ष गोमा रानाले संस्थाका आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने बैठकमा उपस्थित सदस्यहरुले फोनिज युकेको विभिन्न विषयहरुको बारेमा व्यापक छलफल गरेको छ।
प्रमिला लाबुङ राईले अध्यक्षता गरेका बैठकमा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष नगेन्द्र नेम्बाङले दिएका थिए। संस्थाका महासचिव जमुना पुनले संचालन गरेको बैठकमा सल्लाहकारहरु मे. रि. सोनाम शेर्पा, दुत पुन , बिमला सेने कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष प्रमिला लाबुंग राई, उपाध्यक्ष नगेन्द्र नेम्बांग, महासचिब जमुना पुन, कोषाध्यक्ष गोमा राना, सचिव भिमल राई, सदस्यहरु होम किरात सुनुवार र मुकेश राईको उपस्थिति रहेको थियो।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो