लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण पुन बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि कडा योजना ल्याएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज बेलायतको संसदमा बोल्दै ती योजना प्रस्तुत गरेका हुन् ।
प्रधानमन्त्री जोन्सनले सम्भव भए घरबाटै काम गर्न कामदारहरुलाई अनुरोध गरेका छन् ।
यसैगरी, मास्क नलगाएमा वा ६ जनामात्र भेला हुन पाउने नियम (रुल अफ सिक्स)उल्लंघन गरेमा २०० पाउण्डसम्म जरिवाना हुने बताएका छन् । इङल्याण्डमा बारका कर्मचारी, पसलका कामदार, रेस्टुरेन्टका वेटर , ट्याक्सी ड्राइभरहरुलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।
यस्तै, पव, रेस्टुरेन्टहरुमा राति १० बजेदेखि कर्फ्यू घोषणा गरिएको छ । यो नियम यही विहीबारदेखि लागू हुने छ । टेक वे भने राति १० बजेपछि पनि खोल्न पाइने छ ।
यस्तै, वैवाहिक समारोहमा १५ जनासम्म मात्र भेला हुन पाउने छन् । यसअघि ३० जनासम्म भेला हुन पाउँथे । अन्तिम सँस्कारमा भने ३० जनालाई नै भेला हुन दिइने भएको छ ।
नयाँ प्रावधानहरु ६ महिनासम्म रहन सक्ने बताइएको छ ।
प्रधानमन्त्रो जोन्सनले थप प्रावधानहरुसहित आज साँझ ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश