लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमण पुन बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि कडा योजना ल्याएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आज बेलायतको संसदमा बोल्दै ती योजना प्रस्तुत गरेका हुन् ।
प्रधानमन्त्री जोन्सनले सम्भव भए घरबाटै काम गर्न कामदारहरुलाई अनुरोध गरेका छन् ।
यसैगरी, मास्क नलगाएमा वा ६ जनामात्र भेला हुन पाउने नियम (रुल अफ सिक्स)उल्लंघन गरेमा २०० पाउण्डसम्म जरिवाना हुने बताएका छन् । इङल्याण्डमा बारका कर्मचारी, पसलका कामदार, रेस्टुरेन्टका वेटर , ट्याक्सी ड्राइभरहरुलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।
यस्तै, पव, रेस्टुरेन्टहरुमा राति १० बजेदेखि कर्फ्यू घोषणा गरिएको छ । यो नियम यही विहीबारदेखि लागू हुने छ । टेक वे भने राति १० बजेपछि पनि खोल्न पाइने छ ।
यस्तै, वैवाहिक समारोहमा १५ जनासम्म मात्र भेला हुन पाउने छन् । यसअघि ३० जनासम्म भेला हुन पाउँथे । अन्तिम सँस्कारमा भने ३० जनालाई नै भेला हुन दिइने भएको छ ।
नयाँ प्रावधानहरु ६ महिनासम्म रहन सक्ने बताइएको छ ।
प्रधानमन्त्रो जोन्सनले थप प्रावधानहरुसहित आज साँझ ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ