लण्डन । इङल्याण्डमा अहिलेकै दरमा भाइरस संक्रमण कायम रहे अर्को महिनाको दोस्रो सातामा दैनिक ५० हजार संक्रमित हुने अनुमान गरिएको छ ।
सोमबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित कार्यक्रममा सरकारका वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले अहिले इङ्ल्याण्डमा दैनिक ६ हजार संक्रमित थपिइरहेको र हरेक साता संक्रमितको संख्या दोब्बर हुँदै गरेको बताए ।
उनले अहिलेकै गतिमा भाइरस संक्रमण फैलिइरहेमा नोभेम्बरको दोस्रो सातामा दैनिक २०० जनाको भाइरसका कारण ज्यान जान सक्ने पनि उनले ओैंल्याए ।
इङ्ल्याण्डमा ८ प्रतिशतभन्दा कम्ती जनसंख्यामा एण्टीबडी भेटिएको उल्लेख गर्दै उनले लण्डनमा करिब १७ प्रतिशतमा एण्डीबडी भेटिएको जानकारी दिए ।
भाइरसको संक्रमणको गति हेर्दा तत्काल आवश्यक कदम लिनपर्ने पनि उनले बताए ।
प्रमुख मेडिकल अफिसर प्रोफेसर क्रिस ह्वीट्टीले भाइरसका कारण अस्पताल भर्ना हुनेको संख्या सेप्टेम्बर १ देखि बढिरहेको जानकारी दिए । हरेक साता अस्पताल भर्ना हुनेको संख्या दोब्बर हुँदै गरेको पनि उनले बताए ।
उनले जाडो याममा कोरोना भाइरससितको लडाइँ सजिलो नभएको उनले बताए । जाडो यामका कारण देखिने भाइरसबाट कोरोना भाइरसले फाइदा लिनसक्ने सम्भावना उनले औैल्याए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश