लण्डन । इङल्याण्डमा अहिलेकै दरमा भाइरस संक्रमण कायम रहे अर्को महिनाको दोस्रो सातामा दैनिक ५० हजार संक्रमित हुने अनुमान गरिएको छ ।
सोमबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित कार्यक्रममा सरकारका वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले अहिले इङ्ल्याण्डमा दैनिक ६ हजार संक्रमित थपिइरहेको र हरेक साता संक्रमितको संख्या दोब्बर हुँदै गरेको बताए ।
उनले अहिलेकै गतिमा भाइरस संक्रमण फैलिइरहेमा नोभेम्बरको दोस्रो सातामा दैनिक २०० जनाको भाइरसका कारण ज्यान जान सक्ने पनि उनले ओैंल्याए ।
इङ्ल्याण्डमा ८ प्रतिशतभन्दा कम्ती जनसंख्यामा एण्टीबडी भेटिएको उल्लेख गर्दै उनले लण्डनमा करिब १७ प्रतिशतमा एण्डीबडी भेटिएको जानकारी दिए ।
भाइरसको संक्रमणको गति हेर्दा तत्काल आवश्यक कदम लिनपर्ने पनि उनले बताए ।
प्रमुख मेडिकल अफिसर प्रोफेसर क्रिस ह्वीट्टीले भाइरसका कारण अस्पताल भर्ना हुनेको संख्या सेप्टेम्बर १ देखि बढिरहेको जानकारी दिए । हरेक साता अस्पताल भर्ना हुनेको संख्या दोब्बर हुँदै गरेको पनि उनले बताए ।
उनले जाडो याममा कोरोना भाइरससितको लडाइँ सजिलो नभएको उनले बताए । जाडो यामका कारण देखिने भाइरसबाट कोरोना भाइरसले फाइदा लिनसक्ने सम्भावना उनले औैल्याए ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती