
काठमाडौं । नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन मुख्य एजेन्डाका रुपमा प्रवेश गरेको छ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन नहुने भनेर मन्त्रीहरुलाई गतसाता फकाउन खोजेपछि सचिवालयमा सरकारका कामकारवाहीलाई तीव्र बनाउन उक्त मुद्दाले प्रवेश पाएको हो ।
आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसहित चारवटा कार्यसूचीमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन ।
उनका अनुसार बैठकमा मन्त्रिपरिषद्को पुनर्गठन, संवैधानिक नियुक्तिको आधार, बाँकी रहेका सांगठनिक एकता टुंग्याउने र विविध कार्यसूचीमा छलफल भएको छ । बैठक भोली (सोमबार) १ बजे पेरिसडाँडामा बस्नेछ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान