लण्डन । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न बेलायत सरकारले इङ्ल्याण्डमा सेल्फ आइसोलेसनमा नबस्नेलाई १० हजार पाउण्डसम्म जरिवाना गर्ने नियम ल्याएको छ ।
यसअघि सेल्फ आइसोसेलन सुझाव मात्र रहने गरेकोमा अब कानुनको पाटो बनाइएको हो ।
नयाँ नियम सेप्टेम्बर २८ देखि लागू हुने बताइएको छ ।
शुरुमा सेल्फ आइसोलेसनमा नबसे १ हजार पाउण्ड जरिवाना हुनेछ । तर पटकपटक उल्लंघन गरेमा जरिवाना १० हजार पाउण्डसम्म जानसक्ने छ ।
नयाँ नियमका बारेमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सबैले नियम पालना गर्नु नै भाइरससित लड्ने उत्तम उपाय भएको बताएका छन् ।
नयाँ नियमको अर्थ अब एनएचएसको कन्ट्याक्ट टेष्ट एण्ड ट्रयासले आइसोलेसनमा बस्न अनुरोध गरेमा त्यो कानुनी रुपमै बाध्यकारी हुने उनले प्रष्ट पारे । जसले नियमको पालना गर्दैन उसले गतिलो हर्जाना तिर्नपर्ने पनि उनले बताए ।
इङ्ल्याण्डको नियम अनुसार कोरोना पोजिटिभ देखिएका र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुले आइसोलेसनमा बस्नपर्ने हुन्छ । यस्तै सरकारले आइसोलेसनमा बस्न नपर्ने सूचीमा नपरेका देशहरुबाट इङल्याण्डमा आउँदा पनि आइसोलेसनमा बस्नपर्ने हुन्छ ।
सरकारले आफ्ना कामदारलाई आइसोसेलनमा बस्नलाई प्रोत्साहन नगर्ने रोजगारदातालाई पनि जरिवाना गर्ने भएको छ ।
आइसोसेलनमा बसे नबसेको स्थानीय काउन्सिलका साथै प्रहरीले अनुगमन गर्ने बताइएको छ । यस्तै एनएचएसको टेष्ट एण्ट ट्रयासबाट फोन गर्नेहरुले पनि नियमित रुपमा सम्पर्क गर्नेछन् र आइसोलेसनमा नबसेको पाएमा प्रहरीलाई खबर गर्नेछन् ।
यस्तै सरकारी भत्तामा आश्रित वा कम आय भएका व्यक्तिहरुलाई आइसोलेसनमा बस्न परे सरकारले आर्थिक सुविधा उपलब्ध गराउने पनि नयाँ व्यवस्था गरिएको छ । यस्तो सुविधा अक्टोबर १२ देखि दिइने बताइएको छ । तर सो अविध अघि नै आइसोलेसनमा बस्न परेकाहरुलाई पनि यस्तो सहयोग दिइने छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा