स्नाप च्याटका लागि भिडियो खिच्दा गुडिरहेको कारबाट खसिन् महिला

M25

लण्डन ।  स्नापच्याटको लागि भिडियो खिच्ने क्रममा एक महिला गुडिरहेको कारबाट खसेकी छिन् ।
७० माइल प्रतिघण्टाको गति रहेको लण्डनको मोटर वे २५ (एम २५) को जङ्कसन ६ देखि क्लाकेट लेन सर्भिसेजबीचको खण्डमा शनिबार दिउँसो १:३० बजे सो घटना भएको सरे प्रहरीले जनाएको छ ।
सरे प्रहरीले एक ट्वीट गर्दै ती महिलाको अवस्था चिन्ताजनक नभएको जनाएको छ । उनी गुडिरहेको कारको झ्यालमा ढल्किएर भिडियो खिच्दाखिच्दै खसेको बताइएको छ ।
पारामेडिकहरुले घटनास्थलमा उपचार गरेको कसैलाई पनि गिरफ्तार नगरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री