बेलायती विदेश मन्त्रीका अ‌ङ्गरक्षकले प्लेनमै छोडे पेस्तोल

PHOTO Getty Images)

लण्डन । बेलायती विदेश मन्त्री डोमिनिक रावका अंगरक्षकले प्लेनमै पेस्तोल छोडेपछि कारबाहीमा परेका छन् ।

बीबीसीका अनुसार उनले शुक्रबार हिथ्रो एयरपोर्टमै पेस्तोल छोडेका थिए र पछि सरसफाइ कर्मचारीले फेला पारेपछि प्रहरीले सो पेस्तोल लगेको थियो ।

राव अमेरिकी नेताहरुसँग ब्रेक्जिट बारेमा कुराकानीपछि युनाइटेड एयरलाइन्सको उडान हुँदै बेलायत आएका थिए ।

महानगरीय प्रहरीले सो घटनाका बारेमा आन्तरिक छानविन गरिने बताएको छ ।

रावका अंगरक्षकलाई अहिले सो जिम्मेवारीबाट हटाइएको प्रहरीले बताएको छ ।

यसअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका अंगरक्षकले पनि हतियार प्लेनको ट्वाइलेटमा छाडेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री