जेनेभा । अन्तर्राष्ट्रिय फुटबल सङ्गठन (फिफा) ले बिहीबार पुरुष फुटबल विश्व बरियता क्रमलाई छ महिनापछि पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार बेल्जियमले अपरिवर्तित शीर्ष चारमा अग्रणी स्थान बनाउन सफल बनेकोे छ ।
कोभिड–१९ महामारीको कारण छ महिनाभन्दा बढीको अन्तरालपछि अन्ततः अन्तराष्ट्रिय खेलहरू खासगरी यूरोपमा सेप्टेम्बरको सुरूमा पुनः सञ्चालन हुँदैछन् । यूईएफए नेसनल लीग खेल अवरुद्ध रहँदा फुटबलको विश्व बरियता क्रम निर्धारणसमेत प्रभावित बनेको थियो ।
तर अग्रणी चारमा कुनै परिवर्तन भएको छैन । बेल्जियम, फ्रान्स, ब्राजिल र इङ्गल्याण्ड क्रमशः शीर्ष चार स्थानमा नै रहेका छन् ।
पोर्चुगल पहिलो पाँचौँ स्थानमा पुग्न सफल भएको छ भने क्रोएशिया आठौँ र स्वीडेन अठारौँ बरियता क्रममा रहेका छन् ।
एसियाली मुलुकहरू जापान २८ औँ र चीन ७६ औँ स्थानमा रहेका छन् ।
अन्य देशहरूमा स्पेन पहिलेभन्दा एक स्थान माथि सातौँ र इटाली पनि पहिलेको तुलनामा एक स्थान माथि १२ औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १३ औं स्थानमा रहेको छ । जर्मनी पहिलेभन्दा एक स्थानमाथि १४ औं क्रममा रहेको छ ।
यो अवधिमा रूसले सबैभन्दा ठूलो उपलब्धी हाँसिल गर्दै छ स्थान माथि उक्लँदै ३७ बाट ३१ औँ स्थानमा पुगेको छ भने हङ्गेरी ५२ औँ स्थानमा रहेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते