काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो ।
त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । एक स्थान घटुवा भएको भारत १०९औँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा रहेको छ ।
नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भुटान १८९औँ, बङ्गलादेश १८७औँ, श्रीलङ्का २०६औँ र पाकिस्तान २००औँ स्थानमा रहेका छन् ।
नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो ।
एक स्थान झरेको उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएशिया आठौँ, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौँ स्थानमा रहेका छन् ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो