कोरोना संक्रमित ५८ हजार ३ सय २७ जना

corona
काठमाडौं । देशभरि एकैदिन एक हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिनमा थपिएको यो संख्या हालसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएको बताए

यससँगै संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन्।
अहिलेसम्ममा निको हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको गौतमले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री