काठमाडौँ । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जाानकारी दिनुभयो ।
यही भदौ १८ गते बसेको नेकपा सचिवालय बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गरेको थियो ।
गत फागुन महिनामा तत्कालीन अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाको कार्यकाल समाप्त भएपछि राष्ट्रपतिबाट मनोनयन हुने एक सदस्यको पद रिक्त थियो ।
यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी असोज ५ गतेदेखि स्वास्थ्यका मापदण्ड पूरा गरी हवाई यातायात र लामो दूरीका बससमेत सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते