काठमाडौँ । सम्झौता अवधिमा रसायनिक मल नल्याएको भन्दै दुई सप्लायर्सलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचललाई आज पत्र पठाउँदै शैलुङ इन्टरप्राइजेट र होनिको मल्टिपललाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।
दुई सप्लायर्सले गत आर्थिक वर्ष २०७६/०७७ का लागि आह्वान भएको अन्तराष्ट्रिय बोलपत्रअनुसार २५/२५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएका थिए । ठेक्का सम्झौतानुसार मल नल्याएपछि कृषि सामग्री कम्पनीले यसअघि दुवै कम्पनीको जमानत रकम जफत गर्दै कारवाहीसमेत गरेको छ ।
कम्पनीले कारवाही गरेर थप कारवाहीस्वरुप कालोसूचीमा राख्न सिफारिस गरिएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी बताउनुहुन्छ । “हामीले सम्झौता भएका सबै कागजपत्रसहित सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएका हौँ, कार्यालयले काजगपत्र हेरेर थप निर्णय गर्नेछ”, उहाँले भन्नुभयो ।
शैलुङसँग यसअघि नै ठेक्का सम्झौता भएको ठेक्का यथावत् रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ३० हजार र २५ हजार गरी ५५ हजार मेट्रिक टन रसायनिक मलको ठेक्का सम्झौता भइसकेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते