न्यूयोर्क । अमेरिकी ओपनको यस वर्षको उपाधि अस्ट्रियाका डोमिनिक थाइमले जितेका छन् । पहिलो दुई सेट लगातार हारेर निराश भइसकेका थाइमले अन्तिम सेटमा टाइब्रेकमा जर्मनीका अलेक्जेन्डर जेरेफलाई पराजित गरेका थिए ।
कोरोनाभाइरस महामारीका कारण विनादर्शक आर्थर एश रंगशालामा भएको यस प्रतिस्पर्धामा थाइमले जेरेफलाई २–६, ४–६, ६–४, ६–३, ७–६ (६) ले पराजित गरे । यो उनको पहिलो ग्रान्डस्लाम उपाधि हो ।
झण्डै चार घण्टा २ मिनेट चलेको यस प्रतियोगिताको अन्त्यतिर दुबै खेलाडी खुट्टा बाउँडिने र शिथिल देखिएका थिए ।
अस्ट्रियाका २७ वर्षीय थाइमले प्रतियोगिता सकिएपछि प्रतिक्रिया दिँदै आफूमा शरीरभन्दा पनि प्रतियोगिता जित्छु भन्ने आत्मविश्वास बढेको बताए ।
सन् १९९० को दशकमा पुरुष एकलतर्फ बोरिस बेकरपछि अमेरिकी ग्रान्डस्लामको खोजीमा रहेको जर्मनीलाई पहिलो ग्रान्डस्लाम उपाधि दिलाउने धोको पूरा गर्न नपाएको जेरेभले बताए । म अहिले भर्खर २३ वर्षको भएँ, सायद यो उपाधि म अवश्य जित्नेछु, जेरेभले भने ।
प्रतियोगिता हेर्न आफ्ना बाबुआमा कोरोना संक्रमित भएकाले न्यूयोर्क आउन नपाएकामा दुःखी हुँदै जेरेभले उहाँहरु चाँडै निको हुने विश्वास व्यक्त गरे ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत