न्यूयोर्क । अमेरिकी ओपनको यस वर्षको उपाधि अस्ट्रियाका डोमिनिक थाइमले जितेका छन् । पहिलो दुई सेट लगातार हारेर निराश भइसकेका थाइमले अन्तिम सेटमा टाइब्रेकमा जर्मनीका अलेक्जेन्डर जेरेफलाई पराजित गरेका थिए ।
कोरोनाभाइरस महामारीका कारण विनादर्शक आर्थर एश रंगशालामा भएको यस प्रतिस्पर्धामा थाइमले जेरेफलाई २–६, ४–६, ६–४, ६–३, ७–६ (६) ले पराजित गरे । यो उनको पहिलो ग्रान्डस्लाम उपाधि हो ।
झण्डै चार घण्टा २ मिनेट चलेको यस प्रतियोगिताको अन्त्यतिर दुबै खेलाडी खुट्टा बाउँडिने र शिथिल देखिएका थिए ।
अस्ट्रियाका २७ वर्षीय थाइमले प्रतियोगिता सकिएपछि प्रतिक्रिया दिँदै आफूमा शरीरभन्दा पनि प्रतियोगिता जित्छु भन्ने आत्मविश्वास बढेको बताए ।
सन् १९९० को दशकमा पुरुष एकलतर्फ बोरिस बेकरपछि अमेरिकी ग्रान्डस्लामको खोजीमा रहेको जर्मनीलाई पहिलो ग्रान्डस्लाम उपाधि दिलाउने धोको पूरा गर्न नपाएको जेरेभले बताए । म अहिले भर्खर २३ वर्षको भएँ, सायद यो उपाधि म अवश्य जित्नेछु, जेरेभले भने ।
प्रतियोगिता हेर्न आफ्ना बाबुआमा कोरोना संक्रमित भएकाले न्यूयोर्क आउन नपाएकामा दुःखी हुँदै जेरेभले उहाँहरु चाँडै निको हुने विश्वास व्यक्त गरे ।
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक