
लन्डन । बेलायत-नेपाल र गोर्खा समुदायसहित सबै क्षेत्रका समाचार र विचारलाई समेट्ने गरी सोमबारदेखि गोर्खा मिडिया डटकमको शुभारम्भ हुने भएको छ ।
बेलायतबाट सञ्चालन हुने न्यूज पोर्टल गोर्खा मिडियाको सोमबार नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन् । गोर्खा मिडियाको शुभारम्भ कार्यक्रम सोमबार १४ सेप्टेम्बरमा बेलायतको समय सवा ४ बजे र नेपाली समय साँझ साढे ९ बजे सुरु प्रबन्ध निर्देशक मिलन तमुले जानकारी दिए ।
यस मिडियाले बेलायतसहित संसारभरि रहेका नेपालीमाझ सत्य, निष्पक्ष, सन्तुलित र समावेशी समाचार, विचार निरन्तर प्रवाह गर्ने छ । साथै समाजका विकृति विसंगति विरुद्ध खबरदारि गर्दै गोर्खा समुदाय र प्रवासी नेपाली उन्नति र अनुभवसहित हरेक क्षेत्रका सकारात्मक पक्षलाई उजागर लक्ष्य रहेको प्रबन्ध निर्देशक तमुले बताए ।
यस समाचार माध्यमले सामुदायिक पत्रकारिता, नागरिक पत्रकारिताको अभ्याससँगै व्यावसायिक तर्फ लम्कने अठोट लिएको छ । तर विज्ञापनमार्फत संकलित रकम कार्यालय सञ्चालनबाट उब्रिएकोलाई नेपाल र बेलायतमा नेपाली विपन्न व्यक्ति/परिवार, विभिन्न समस्याबाट पीडितको घाउमा मलम लगाउनमा प्रयोग गर्ने उद्देश्य रहेको पनि प्रबन्ध निर्देशक तमुले जानकारी दिए । उनले खारिएका र व्यावसायिक पत्रकारको साथ र विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरु र पाठक, दर्शकको सल्लाह र सुझावका आधारमा गोर्खा मिडिया अघि बढ्ने प्रण समेत व्यक्त गरेका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश