
लन्डन । बेलायत-नेपाल र गोर्खा समुदायसहित सबै क्षेत्रका समाचार र विचारलाई समेट्ने गरी सोमबारदेखि गोर्खा मिडिया डटकमको शुभारम्भ हुने भएको छ ।
बेलायतबाट सञ्चालन हुने न्यूज पोर्टल गोर्खा मिडियाको सोमबार नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन् । गोर्खा मिडियाको शुभारम्भ कार्यक्रम सोमबार १४ सेप्टेम्बरमा बेलायतको समय सवा ४ बजे र नेपाली समय साँझ साढे ९ बजे सुरु प्रबन्ध निर्देशक मिलन तमुले जानकारी दिए ।
यस मिडियाले बेलायतसहित संसारभरि रहेका नेपालीमाझ सत्य, निष्पक्ष, सन्तुलित र समावेशी समाचार, विचार निरन्तर प्रवाह गर्ने छ । साथै समाजका विकृति विसंगति विरुद्ध खबरदारि गर्दै गोर्खा समुदाय र प्रवासी नेपाली उन्नति र अनुभवसहित हरेक क्षेत्रका सकारात्मक पक्षलाई उजागर लक्ष्य रहेको प्रबन्ध निर्देशक तमुले बताए ।
यस समाचार माध्यमले सामुदायिक पत्रकारिता, नागरिक पत्रकारिताको अभ्याससँगै व्यावसायिक तर्फ लम्कने अठोट लिएको छ । तर विज्ञापनमार्फत संकलित रकम कार्यालय सञ्चालनबाट उब्रिएकोलाई नेपाल र बेलायतमा नेपाली विपन्न व्यक्ति/परिवार, विभिन्न समस्याबाट पीडितको घाउमा मलम लगाउनमा प्रयोग गर्ने उद्देश्य रहेको पनि प्रबन्ध निर्देशक तमुले जानकारी दिए । उनले खारिएका र व्यावसायिक पत्रकारको साथ र विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरु र पाठक, दर्शकको सल्लाह र सुझावका आधारमा गोर्खा मिडिया अघि बढ्ने प्रण समेत व्यक्त गरेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा