बेलायतबाट कोरोना रिपोर्ट भएर पनि १४ जना नेपाली स्वदेश जान पाएनन्

लण्डन । कतार एयरवेजले १४ जना नेपाली यात्रुलाई कोरोना परिक्षणको रिपोर्ट हुँदाहुदै फर्काइदिएको छ । नेपाल सकारले प्रवासबाट फर्किने हवाई यात्रुका लागि स्पष्ट मापदण्ड नतोक्दा कतार एयरवेजका कर्मचारीले नेपाली यात्रुलाई बेलायतको हिथ्रो विमानस्थल दु:ख दिएका हुन । हवाई टिकट लिएर उडान भर्न गएका १४ यात्रुलाई आइतबार एनएचएसले दिएको कोरोना रिपोर्टलाई मान्यता नदिएपछि ती यात्रुहरुको नेपाल जान पाएनन् ।

“मेरो आमालगायत १४ जना यात्रुहरु कोरोना परिक्षण रिपोर्टकै कारण उडन पाएनौं,” यात्रु दलमाया कार्कीका छोरा रामकुमार कार्कीले बताए ।उनकाअनुसार अव अर्काे कोरोना रिपोटै बनाउनुको बिकल्प रहेन । “बेलायतको एनएचएसले कोरोना परीक्षण गरेको रिेपार्ट मान्दिन भन्ने कतार एयरवेजको वेइमानी हो । विश्वभर विश्वास गरिने एनएचएसको परीक्षण मान्दैन भन्नुमा आश्चार्यजनक कुरा हो”  हिथ्रोमा रहेका कार्कीले वीनेपालीसँग भने ।

कोरोना परिक्षणका रिपोर्ट साथमा लिएर हिथ्रो एयरपोर्ट पुगेका यात्रु नेपाल जान नपाएका प्रति दुख व्यक्त गर्दै प्रवासी नेपाली एकता मंच यूके(ओएनयूएफ)का अध्यक्ष राजेन्द्र पुडासैनीले आफ्नै पार्टीका सरकारप्रति रोष प्रकट गरे । “सरकारमा बसेका जिम्मेबार साथीहरुले प्रवासबाट स्वदेश फर्किने प्रक्रियाका बारेमा स्पष्ट नीति नियम नबनाउँदा हवाईजहाजले मनलाग्दी नियम बनाएका छन,” उनले भने, “यो हाम्रै सरकारको कमजोरी हो । सरकारले भनेको मान्दैनन् भने यस्ता एयरवेजलाई कारवाही गरि उडान अनुमति रद्द गर्नुपर्छ ।”

मन्त्रीको दबावपछि कतार एयरवेजको दोस्रो फ्लाइटमा बेलायतबाट यात्रु बोक्यो

बेलायतका नेसनल हेल्थ सर्भिस (एनएचएस)को कोरोना रिपोर्टलाई कतार एयरवेजले मान्यता दिन अस्वीकार गरेपछि पर्यटनमन्त्री योगेश भट्टराईले पुनः पहल गर्नु परेको छ । बेलायतको हिथ्रो बिमानस्थलबाट दिउँसो साढे एक बजेको फ्लाईटका लागि टिकट लिएका यात्रुहरुलाई कोरोना परीक्षण (पिसिआर) रिपोर्टलाई कतार एयरवेजलाई मान्यता दिन नमानेपछि मन्त्री भट्टराईले फोन गरि दवाव दिनु परेको हो । मन्त्रिको दबाबपछि दोस्रो फ्लाइट यात्रुहरुले पहिलो फ्लाईट जस्तो कोरोना परिक्षणको रिपोर्टमै नेपाल उडन पाएका छन । मन्त्री भट्टराईले फोन गर्दा ढिलो भैसकेकाले पहिलो फ्लाईटका यात्रुहरुले अर्काे दिन यात्रा गर्नु पर्ने बाध्य भएका छन । तर, यो काम कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको कार्यक्षेत्र भित्र पर्छ ।

“हिथ्रो एयरपोर्टमा कतार एयरवेजका कर्मचारीले एनएचएसले गरेको कोरोना टेस्टको रिपोर्ट मान्न अस्वीकार गरेपछि मेरो र बेलायतस्थित नेपाली राजदूतावासको पहलमा पर्यटनमन्त्री भट्टराईलाई फोन सम्पर्क बस्तुस्थिति बुझाएपछि यो पटक समस्या समाधान भयो,”  राजेन्द्र पुडासैनी भने । उनले नेपालीमा सम्पर्क गरी पर्यटनमन्त्रीलाई पहलका लागि अनुरोध गरेका थिए । लगत्तै मन्त्री भट्टराईले कतार एयरवेजका प्रतिनिधिसँग कुरा गरी समस्या समाधान गरेका थिए ।यद्यपी पहिलो फ्लाईटका केही यात्रुहरु नलिइ कतार एयरवेजले उडान भरेको थियो ।

यसअघि हिथ्रोका कोरोना रिपोर्टका समस्या समाधान गर्न विदाका दिनमा पनि राजदूत आफै पुगेका थिए । उनले त्यहाँ कतार एयरवेजका कर्मचारीसँग कुराकानी गरी समस्या समाधानमा पहल गरेका थिए ।तैपनि पहिलो फ्लाईटका यात्रुहरुलाई उडान असफल रहे । नेपालका सरकारका पर्यटनमन्त्री भट्टराई र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अन्य सरोकारवालासँग अध्यक्ष पुडासैनीले कुराकानी गरी समस्याको विस्तृत जानकारी गराए ।

नेपाली हवाईजहाज कालो यूरोप उडान भर्न नमिल्ने गरी कालो सुचीमा रहेको छन । जसका कारण नीजि एयरवेजको भर पर्नुपर्ने अवस्था छ । नेपाल सरकारले स्पष्ट नीति नबनाउँदा हवाईजहाजका यात्रुहरुले बारम्बार विभिन्न मुलुकमा समस्या भोगिरहेका छन

कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ठोस पहल नगर्दा यात्रुलाई सास्ती

कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजक इश्वर पोखरेलको नेतृत्वमा गठित समितिले प्रवासबाट नेपाल आउने यात्रुहरुको बारेमा निर्णय लिने गरेको छ । समितिका संयोजक पोखरेललगायतका स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुले स्पष्ट निर्णय नगर्दा सर्वसाधारण यात्रुहरुले पटक पटक यस्ता झमेला भोग्नु परेको छ । यस्ता समस्या समाधान गर्न पार्टी नेतृत्वलाई जानकार गराएको ओएनयूएफका अध्यक्ष पुडासैनीले जानकारी समेत दिए । नेपाल पुग्ने यात्रुहरुले पनि यसबारेमा थप पहल गर्नु पर्ने उनको सुझाब छ । “सधै हामीले नेपाल सरकारका मन्त्रीहरुलाई फोन गरेर समस्याका बारेमा जानकार गराउन संभव छैन,” उनले भने, “यसलाई कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिले स्थायी समाधान गर्नु पर्छ । जसका कारण फेरि यस्ता समस्या प्रवासबाट नेपाल जाने जनताले भोग्नु नपरोस ।”
कार्यक्षेत्र बारेमा धेरैलाई थाहा नभएकाले पर्यटन मन्त्रालयलाई जोड्ने गरेको मन्त्रालय स्रोतले बताएको छ । “हामीलाई यसबारेमा केही थाहा हुदैन । सवै समिति र स्वास्थ्य मन्त्रालय मार्फत हुने हो, उहाँहरुले ठोस पहल नगर्दा पर्यटन मन्त्रालय माथि दोष आउने गरेको छ । त्यो कार्यक्षेत्रबारेमा थाहा नभएरै हो,” मन्त्रालय स्रोतले भन्यो ।

कतार एयरवेज बाईकट

कतार एयरवेजले दुई पटक भन्दा बढी नेपाली यात्रुलाई बेलायतको एनएचएसले परीक्षण गरेको कोरोना रिपोर्ट मान्यता नदिई यात्रुहरुलाई दुःख दिएको भन्दै सामाजिक संजालमा कतार बाईकटको ह्यास ट्याग राख्न थालेका छन । नेपाली यात्रुहरुलाई बिभिन्न बाहनामा दुःख दिने काम गरेको भन्दै कतार एयरवेजको विरोध सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री