लण्डन । बेलायतमा कोरोना संक्रमण बढेर चार महिना यताकै उच्च विन्दूमा पुगेको छ ।
दैनिक संक्रमणको तथ्यांकअनुसार शुक्रबार गत चार महिनायताकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका छन् । शुक्रबार युकेमा ३ हजार ५३९ नयाँ संक्रमित भेटिएका छन् । जबकि विहीबार सो संख्या २ हजार ९१९ रहेको थियो आजको संख्या हिजोको भन्दा आजको संक्रमित संख्या ६२० जनाले बढी छ । । नयाँ संक्रमितहरुमा इङल्याण्डमा ३ हजार १४३, स्कटल्याण्डमा १७५, वेल्समा १३३ र नर्देन आयरल्याण्डमा ८८ जना छन् ।
यसअघि गत १७ मेमा बेलायतमा ३ हजार ५६२ संक्रमित पाइएका थिए ।
यसैगरी शुक्रबार ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । यससँगै कोरोनाबाट युकेमा ज्यान गुमाउनेको संख्या ४१ हजार ६१४ पुगेको छ ।
जनस्वास्थ्य इङल्याण्डकी भेट डोयलले संक्रमण युवाहरुमा मात्र सीमित नरहेको, वृद्धहरु र जोखिममा रहेका समूहसित समेत फैलिएको बताएकी छिन् ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा