लण्डन । पछिल्ला साताहरुमा बेलायतमा कोरोना भाइरसको संक्रमण बढेको एक अध्ययनले देखाएको छ ।
युकेका १ लाख ५० हजार मानिसहरुमा गरिएको अध्ययनले कोरोना भाइरसको संक्रमण दर (आर नम्बर) १ देखि १.२ प्रतिशत पुगेको आँकलन गरेको छ । बेलायत सरकारले सो दर १ भन्दा मुनी राख्न हरतरहले कोसिस गर्दैआएको छ ।
सो अध्ययनले संक्रमण सातदेखि आठ दिनमा दोब्बर हुँदै बढिरहेको पनि पुष्टी गरेको छ । इङल्याण्डको उत्तरी भागमा संक्रमण बढी फैलिएको र युवाहरु धेरै संक्रमित रहेको पनि अध्ययनले देखाएको छ । तथापि भाइरस गत अप्रिलको दाँजोमा तल्लो तहमै रहेको बताइएको छ ।
सरकारले संक्रमण बढ्न थालेपछि यही सोमबारदेखि नयाँ नियम लागू गरेको छ ।
भाइरसको संक्रमण मे महिनादेखि घट्न थालेको थियो । तर अगष्ट अन्त्य तथा सेप्टेम्बरको शुरुआतदेखि नै संक्रमण फैलन थालेको छ ।
इम्पेरियल कलेज लण्डनका प्रोफेसर पल इलियटले तथ्यांकहरुले कोरोना भाइरसको संक्रमणक दर चिन्ताजनक भएको र की वर्करमा मात्र सीमित नरहेको बताए । संक्रमणको संख्या बढ्नुमा भाइरस समुदाय स्तरमा फैलिएको पनि उनको दाबी छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश