काठमाडौँ । नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो कुरा बताएका छन् ।
उनले आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको पाइएको पनि बताए । नजिकैका ती व्यक्तिले यसलाई मजाकका रुपमा लिने गरेको पाइएको उल्लेख गर्दै उनले भने, “त्यस्ता व्यक्तिलाई सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनोचिकित्सकसँग परामर्श गराएर बचाउन सकिन्छ ।”
उता देशभरमा पछिल्लो २४ घण्टामा एक हजार ८१ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् ।
डा गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार २५ रहेको जानकारी दिए । हालसम्म नेपालमा जम्मा सङ्क्रमित ४९ हजार २१९ मध्ये ३३ हजार ८८२ संक्रमण मुक्त भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १६७ नमूना परीक्षण भएको थियो । हालसम्म सात लाख ९९ हजार ३४१ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या पाँच हजार ४८० छ । देशभरमा सक्रिय सङ्क्रमितमध्ये सात हजार ९८८ संस्थागत आइसोलेशन र सात हजार ३७ होम आइसोलेशनमा छन् ।
आजसम्म सात जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने पाँच जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, डोल्पा, मुगु र हुम्ला छन् ।
थप छको मृत्यु
पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप छ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१२ पुगेको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते