लण्डन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण स्थगित गरिएको छ ।
सो खोप दिइएको एक स्वयंसेवकमा सो खोपको असर देखिएपछि परीक्षण स्थगित गरिएको बीबीसीले बताएको छ ।
सो खोपको उत्पादनको जिम्मा पाएको आष्ट्राजेनिकाले खोप दिइएका व्यक्तिमा अनपेक्षित असर देखिएपछि अहिले परीक्षण रोकिएको बताएको छ ।
अक्सफोर्ड विश्वविद्यालयको खोपको विश्वभर चासो र चर्चा चलिरहँदा सो समाचार बाहिर आएको हो ।
सो खोपको पहिलो र दोस्रो चरणमा सफलतापूर्वक परीक्षण सम्पन्न भएपछि धेरै आशा गरिएको छ ।
सो खोपको तेस्रो चरणमा युके, अमेरिका र ब्राजिलमा करिब ३० हजार मानिसमा परीक्षण गरिएको बताइएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश