काठमाडौँ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको सङ्ख्या बढ्दै गएको हो । कोरोना निको हुनेको सङ्ख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ सङ्क्रमित थपिँदा दुई हजार २८७ जना कोरोना मुक्त भई घर फर्केका छन् । आजसम्म कुल सङ्क्रमितमध्ये ६८.५प्रतिशत डिस्चार्ज भएका छन् ।
सोमबार मुलुकभर ९७९ नयाँ सङ्क्रमित थपिँदा एक हजार ७३६ जना डिस्चार्ज भएका थिए । यस्तै आइतबार पनि सक्रिय सङ्क्रमति (९८० जना) को तुलनामा झण्डै दोब्बर (एक हजार ८१४ जना) कोरोजना जितेर घर फर्केका थिए । हालसम्म कुल ३२ हजार ९६४ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ८६८ रहेको छ । जसमध्ये छ हजार ८१५ होम आइसोलेसनमा रहेका छन् भने आठ हजार ५३ संस्थागत आइसोलेनसमा छन् ।
उपत्यकामा ३९६ सङ्क्रमित थपिए
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९६ नयाँ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ सङ्क्रमित फेला परेका छन् । १० हजार ६११ नमूना परीक्षणमा देशभर ९०२ जनामा कोरोना सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कैलालीमा ७७, मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, कास्कीमा ३०, मकवानपुरमा २४, रुपन्देहीमा २१, चितवनमा २०, सप्तरी, सुर्खेत र गोरखामा १८/१८, झापामा १६, पर्सामा १४, ओखलढुङ्गामा १३, बारामा १२, वाग्लुङमा १०, कञ्चनपुरमा नौ, रौतहट, धादिङ र रामेछापमा आठ/आठ सङ्क्रमित फेला परेका छन् ।
बर्दिया र नवलपरासी पूर्वमा सात/सात, सर्लाहीमा छ, बाँकेमा पाँच, सिरहा र महोत्तरीमा चार/चार, नुवाकोट, दाङ र तनहुँमा तीन/तीन, उदयपुर, दोलखा र काभ्रेपलाञ्चोकमा दुई/दुई, इलाम, नवलपरासी, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, स्याङ्जा, सिन्धुपाल्चोक, रोल्पा र दैलेखमा एक/एक सङ्क्रमित थपिएका छन् । मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी सक्रिय सङ्क्रमित उपचाररत छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।
थप ६ को मृत्यु
कोरोना भाइरसबाट नेपालमा थप छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६०, काठमाडौँका ८५ र कपिलवस्तुको ६२ वर्षीय पुरुष तथा काठमाडौँकै ८० वर्षीया महिला छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३०६ पुगेको छ । जुन कुल सङ्क्रमितको तुलनामा ०.६३ प्रतिशत हो । विश्वभर दुई करोड ७४ लाख ९२ हजार ९८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको छ भने एक करोड ९५ लाख ९२ हजार २८० जना निको भएका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]