काठमाडौँ । सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आज बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिनुभयो । कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ । उपत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीका अस्पताल छन् । ती अस्पतालमा कोभिड–१९ बाहेकका अन्य बिरामीको उपचार गरिँदैन ।
यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ । ती स्वयंसेवकलाई कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
कोभिडको मार्गचित्र निर्धारण गर्न समिति
कोभिड–१९ का सन्दर्भमा राष्ट्रिय मार्गचित्र निर्धारण गर्ने सम्बन्धमा प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट डा प्रदीप ज्ञवाली र स्वास्थ्य विपद् व्यवस्थापन एकाइबाट एक सदस्य–सचिव रहने छन् ।
सरकारी प्रयोगशालाले मापदण्डबाहेक नमूना परीक्षण नगर्ने
मन्त्रालयले सबै सरकारी प्रयोगशालाले गर्ने नमूना सङ्ख्याको ५० प्रतिशत नमूना परीक्षण मापदण्डमा नपरेका व्यक्तिको शुल्क लिएर परीक्षण गर्नका लागि अनुमति दिने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा गौतमले सबै सरकारी प्रयोगशालाले गर्ने परीक्षणको ५० प्रतिशत सरकारको मापदण्डमा परेका सङ्क्रमितको नमूनाका लागि स्वाब निःशुल्क गर्ने र ५० प्रतिशत मापदण्डमा नपरेका व्यक्तिको नमूना परीक्षणमा शुल्क लिने भन्ने निर्णय गरिएको बताउनुभयो । पचास प्रतिशत नमूना परीक्षणका लागि प्रयोग हुने सम्पूर्ण रिएजेन्ट अस्पताल वा प्रयोगशालाले आफैँले खरिद गर्नुपर्ने छ ।
६० श्यया आइसियुका लागि बजेट निकासा
मन्त्रालयका प्रवक्ता डा गौतमले अर्थ मन्त्रालयबाट ६० श्यया सघन उपचार कक्ष ९आइसियु० का लागि बजेट निकासा भएको जानकारी दिनुभयो । ती आइसियु शय्या त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा बन्ने छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते