लन्डन । बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ ।
इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा भएको उक्त आक्रमणलाई प्रहरीले ‘ठूलो आक्रमण’ भएको बताएको छ तर घटनामा कति व्यक्ति घाइते भए भन्नेबारेमा केही उल्लेख गरिएको छैन ।
‘वेस्ट मिडल्याण्ड’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मध्य राति करिब १२ः३० बजे बर्मिङ्घम सहरको मध्यक्षेत्रमा छुरा प्रहार भएको जानकारी प्राप्त भएको छ ।”
उक्त घटना लगत्तै वरपरका क्षेत्रमा छुरा आक्रमणका अन्य घटना भएका र यो आक्रमणलाई सहरको केन्द्रमा भएको ‘भयङ्कर ठूलो घटना’ भएको जानकारी प्राप्त भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
तर आक्रमणका कारण घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि अस्पताल पठाउने तथा आक्रमणकारी समूहको खोजीका लागि सबै आपतकालीन सेवाहरूलाई घटनास्थलमा उपलब्ध गराइएको प्रहरीले बताएको छ ।
बेलायती टेलिभिजन च्यानलमार्फत् सार्वजनिक घटनास्थल वरपरको दृष्यमा प्रहरीले घेराहाली आक्रमणकारी समूह तथा व्यक्तिको खोजी गरिरहेको छ ।
घटनाबारे थप जानकारी सङ्कलन गर्न प्रहरी तथा अनुसन्धान अधिकारी घटनास्थलमा तैनाद रहेका तर अहिल्यै घटनाबारे थप सूचना दिइहाल्न असम्भव भएको प्रहरीले बताएको छ ।
अहिले नै घटनाको प्रकृति र कारणबारे अनुमान गर्नु ठीक नहुने प्रहरीले बताएको छ ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण