लण्डन । तमुधिं लण्डन इकाईले लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिकामा रहेको तरापु गाउँका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।
जुलाई २२ गते तरापुगाउँमा गएको भिषण पहिरोको कारण २१ घर पुरिनुको साथै ठुलो जनधनको क्षति भएको कारण प्राकृतिक बिपत्तिमा परेका परिवारहरु प्रति दुःख व्यक्त गर्दै राहत प्रदान गरेको हो ।
समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा जुम कन्फ्रेन्समार्फत सञ्चालन गरी उक्त रकम आफ्ना दान वीर सदस्यहरुबाट संकलन गरिएको ७१० पाउन्ड (नेपाली एक लाख पाँच हजार) हस्तान्तरण गरिएको हो।
लमजुङ समाज युके राहत संकलन समितिका सचिब परसुराम गुरुङ तथा समितिलाई तमुधि युकेका अध्यक्ष नन्दजंग गुरुङ , लण्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ, आमा समुह कि अध्यक्ष डिलमाया गुरुङ, आमा समुह कि उपाध्यक्ष देबकला गुरुङ, कोषाध्यक्ष ललितमान गुरुङ, महासचिव भरत गुरुङ र सल्लाहकार ईश्वर गुरुङले हस्तान्तरण गरेका हुन । उक्त घटनाको विवरण बैठकमा आमा समुह कि अध्यक्ष दिलमाया गुरुङले पेस गरेका थिए ।
यसरी तमुधिं लण्डन इकाईले विभिन्न संघ सस्थासंग सहकार्य गर्दै दुःख सुखमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । महासचिब भरत गुरुङकाअनुसार विपतका बेला समाजले राहत उपलब्ध गराउँदा केहि दिन भए पनि खानाको जोहो भएको भन्दै राहत पाउँनेहरुले खुःशी व्यक्त गरे ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा