रक्त क्यान्सर पीडित अधिकारीलाई बेलायतबाट सहयोग

लण्डन । रक्त क्यान्सरबाट पीडित नवलपुर अरुण खोलाका १२ वर्षीय सत्यराज अधिकारीको उपचारका लागि बेलायतमा रहेका सहयोगीहरुले सहयोग पठाएका छन् ।
गैरआवासीय नेपाली संघ युकेका सदस्य ज्ञानेन्द्र आलेको पहलमा अधिकारीका लागि संकलन गरिएको १ लाख रुपियाँ सहयोग उनकी आमा सरस्वती आचार्यको नाममा जम्मा गरिएको आलेले जानकारी दिए ।
यसरी सहयोग गर्नेहरुमा ज्ञानेन्द्र आले, बालकृष्ण ढकाल, शालिक सापकोटा, चन्द्रकला लिम्बु, कृष्ण शर्मा, चक्र थापा, याम बाहिक मगर, नरबहादुर ढकाल, लेखबहादुर आले, झविन्द्र दर्लामी, इन्द्र दर्लामी, शोलाल राना, राजेन्द्र गुरुङ, दिवस श्रेष्ठ, राम गुरुङ, नारायण कँडेल, मानकाजी गुरुङ र बिनीकुमार गुरुङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री