काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ । आज १३ हजार ४१३ पिसिआर परीक्षण गरिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमण मुक्त भइ घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्कनेको सङ्ख्या २४ हजार २०७ पुगेको छ । मुलुकभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४१३ रहेको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
गत २४ घण्टामा मुलुकभर कोरोनाका कारण छ जनाको निधन भएको उहाँले बताउनुभयो । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २५७ पुगेको छ । मुलुकभर हाल संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा सात हजार ७४२ जना रहेको मन्त्रालयले जनाएको छ । यसैगरी देशभरका क्वारेन्टिनमा छ हजार ७४९ जना रहेका छन् । देशभर हाल १४१ जना कोरोना सङ्क्रमितको सघन उपचार कक्षमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता प्रा डा गौतमले जानकारी दिनुभयो ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने