काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ । आज १३ हजार ४१३ पिसिआर परीक्षण गरिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमण मुक्त भइ घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्कनेको सङ्ख्या २४ हजार २०७ पुगेको छ । मुलुकभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४१३ रहेको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
गत २४ घण्टामा मुलुकभर कोरोनाका कारण छ जनाको निधन भएको उहाँले बताउनुभयो । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २५७ पुगेको छ । मुलुकभर हाल संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा सात हजार ७४२ जना रहेको मन्त्रालयले जनाएको छ । यसैगरी देशभरका क्वारेन्टिनमा छ हजार ७४९ जना रहेका छन् । देशभर हाल १४१ जना कोरोना सङ्क्रमितको सघन उपचार कक्षमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता प्रा डा गौतमले जानकारी दिनुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार