आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: १८:५७ | UK Time: 14:12

बेलायतमा भिसी तुलबहादुर पुनको नाममा रेल सेवा

वीनेपाली
२०७७ भदौ १६ गते १९:४१

प्रख्यात अभिनेत्री जीअना लुम्लेका साथ भिसी तुलबहादुर पुन Photo credit : Ian Nicholson/PA Wire

लण्डन । बेलायतको एक रेल सेवाले भिक्टोरिया क्रस विजेता स्वर्गीय तुलबहादुर पुनको सम्मानमा रेलसेवाको नामकरण गर्ने भएको छ ।

बेलायतको पश्चिमी क्षेत्रमा रेलवे सेवा सन्चालन गर्ने ग्रेट वेस्टर्न रेलवेले शहरहरु जोड्ने एक सेवालाई भिसी पुनको नाममा नामकरण गर्ने  घोषणा गरेको छ ।

नामकरण समारोह यस वर्षको रिमम्बरेन्स डे (नोभेम्बर ११) मा हुने बताइएको छ । दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पुगेको अवसरमा सो नामकरण गर्न लागिएको ग्रेट वेष्टर्न रेलवेले बताएको छ ।

ग्रेट वेष्टर्न रेलवेका बाह्य सन्चार प्रमुख डान पान्सले भने, ”यस वर्ष दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षगाँठ विशेषरुपमा मनाउँदैछौँ । हामीले यसअघि नै युद्धका जासुस ओडेट हालोजलाई सम्मान गरिसकेका छौँ र यसवर्ष हामी अरु विशेष नामकरणसहित मनाउनेछौँ । ” उनले भने, ”भिसी तुलबहादुर पुनलाई सम्मान गर्न पाउँदा हामीलाई हर्ष लागेको छ ।”

भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए । उनले दोस्रो विश्वयुद्धमा बहादुरी र साहस प्रदर्शन गरेवापत सो पदक दिइएको हो ।

गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् ।

गोरखा वेलफेयर ट्रष्टका आडम बेन्थामले भने, ” गोरखा सैनिकहरुले पूर्वी क्षेत्रको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र बर्मामा मात्र सात वटा भिक्टोरिया क्रस पाएका थिए ।” तीमध्ये भिसी तुलबहादुर पुन पनि एक थिए । ”हाम्रो देशले गोरखाहरुको धेरै ऋण तिर्नुछ र भिसी तुलबहादुर पुनको बहादुरीलाई यसरी सम्मान गरिनु सच्चा सम्मान हो”, उनले भने ।

गोरखा वेलफेयर ट्रष्टका संरक्षक जोअना लुम्लेले भनिन्, ”म भिसी लछिमन गुरुङ र तुलबहादुर पुन जसले बर्मामा मेरा पिताजीसित लडे उनीहरुसितको भेट कहिल्यै बिर्सदिनँ । हाम्रो स्वतन्त्रताको रक्षाका लागि नियमित ड्यूटीभन्दा माथि उठेर लड्ने गोरखाहरुप्रति हाम्रो ठूलो ऋण छ ।”

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक