बागमति । कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहनुभएका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त हुनुभएको छ । उपसभामुख तामाङले सोमबार सामाजिक सञ्जालमार्फत आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिइकी हुन् ।
उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता र सद्भावसहित स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति आभार व्यक्त गर्नुभएको छ । “राजनीतिक र प्रशासनिक क्षेत्रका उच्च नेतृत्वदेखि गाउँ, स्वदेश र विदेशबाट समेत विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना तथा भाइरसको असरबाट बच्ने उपाय र सुझाव दिनुभएको छ । मेरा लागि कोरोना आतङ्कबाट मुक्त हुने मुख्य औषधि नै त्यही बनेको थियो । यहाँहरुको अथाह माया र सद्भावप्रति सधैं ऋणी रहने छु । थप सहजीकरण गर्नुहुने यस प्रदेशका सामाजिक विकास मन्त्रालय, हेटौँडास्थित स्वास्थ्य निकाय, संसद् सचिवालय र विशेषगरी आफैँलाई खतरामा राखेर दैनिक व्यवस्थापनमा सघाउने स्वकीय सचिवालय र परिवारका सदस्य सबैप्रति कृतज्ञ छु”, उपसभामुख तामाङले भने ।
तामाङले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सतर्कता नै मुख्य उपाय रहेको बताउँदै सङ्क्रमण भइहालेमा आतङ्कित नभई स्वास्थ्यसम्बन्धी आवश्यक विधिहरु अवलम्बन गरिनुपर्ने उल्लेख गर्नुभएको छ । “मुख्यगरी कोरोनाबाट बच्न भौतिक दूरी कायम गर्ने हो, सामाजिक रूपमा दूरी बढाउने वा तिरस्कृत गर्नेभन्दा पनि सामाजिक सद्भाव बढाउन आवश्यक ठान्दछु”, उपसभामुख तामाङले भने । उपसभामुख तामाङ र उनको छोरालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरु विगत १४ दिनदेखि हेटौँडास्थित निवासमा आइसोलेसनमा थिए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते