लण्डन । बेलायतमा रहेका नेपाली ईन्जिनियरहरुको संस्था सोसाइटी अफ नेपलिज इन्जिनियर्स एसोसिएन (सोने युके) को चौथो कार्यसमिति संयुक्त श्रेष्ठको अध्यक्षतामा गठन गरिएको छ ।
सोसाइटीको अगष्ट २९ मा भएको भर्चुअल साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सोसाइटीको नयाँ नेतृत्व चुनावी प्रक्रियाबाट भएको थियो । जसमा अध्यक्ष पदमा श्रेष्ठले १५८ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी सुबोध तिमिल्सिना थिए । यस्तै उपाध्यक्ष पदमा नारद भण्डारी निर्विरोध भए भने महासचिव पदमा डा विदुर घिमिरे १०५ मत पाएर निर्वाचित भए । सचिव पदमा डा रोशन भट्टराई १८१ मतका साथ चुनिए भने कोषाध्यक्षमा श्रीमती रश्मीसिंह राणा निर्विरोध निर्वाचित भइन् ।
यस्नै सदस्यहरुमा हरि नेपाल, सुश्री मेघा पौडेल, सुश्री प्रियंका रेग्मी र विशाल राना निर्वाचित भएका छन् ।
कुल २४२ सदस्य रहेकोमा २४१ जनाले मताधिकार प्रयोग गरेका थिए ।
नवनिर्वाचित कार्यसमितको कार्यकाल दुई वर्षको रहनेछ ।
सोसाइटीका अध्यक्ष शैलेन्द्रकाजी श्रेष्ठको अध्यक्षता र महासचिव उमेश पराजुलीको सन्चालनमा साधारण सभा भएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा