लण्डन । बेलायतमा रहेका नेपाली ईन्जिनियरहरुको संस्था सोसाइटी अफ नेपलिज इन्जिनियर्स एसोसिएन (सोने युके) को चौथो कार्यसमिति संयुक्त श्रेष्ठको अध्यक्षतामा गठन गरिएको छ ।
सोसाइटीको अगष्ट २९ मा भएको भर्चुअल साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सोसाइटीको नयाँ नेतृत्व चुनावी प्रक्रियाबाट भएको थियो । जसमा अध्यक्ष पदमा श्रेष्ठले १५८ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी सुबोध तिमिल्सिना थिए । यस्तै उपाध्यक्ष पदमा नारद भण्डारी निर्विरोध भए भने महासचिव पदमा डा विदुर घिमिरे १०५ मत पाएर निर्वाचित भए । सचिव पदमा डा रोशन भट्टराई १८१ मतका साथ चुनिए भने कोषाध्यक्षमा श्रीमती रश्मीसिंह राणा निर्विरोध निर्वाचित भइन् ।
यस्नै सदस्यहरुमा हरि नेपाल, सुश्री मेघा पौडेल, सुश्री प्रियंका रेग्मी र विशाल राना निर्वाचित भएका छन् ।
कुल २४२ सदस्य रहेकोमा २४१ जनाले मताधिकार प्रयोग गरेका थिए ।
नवनिर्वाचित कार्यसमितको कार्यकाल दुई वर्षको रहनेछ ।
सोसाइटीका अध्यक्ष शैलेन्द्रकाजी श्रेष्ठको अध्यक्षता र महासचिव उमेश पराजुलीको सन्चालनमा साधारण सभा भएको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश