काठमाडौँ । कोरोनाका कारण नेपालमा थप १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यसमा चार महिला र १० पुरुष छन् । मृत्यु भएका चार महिलामध्ये सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया र काठमाडौँका ७२ वर्षीया छन् । त्यसैगरी मृत्युभएका पुरुषमध्ये सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० वर्षीय र ३५ वर्षीय तथा रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय तथा रुपन्देहीका ५७ वर्षीय र ६७ वर्षीय रहेका छन् ।
हालसम्म कोरोनाबाट नेपालमा २२१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौँ उपत्यकासहित देशभर आज हालसम्मकै बढी कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ३४८ महिला र ८७३ पुरुष छन् ।
यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४२९ कोरोनाका सङ्क्रमित भेटिएका छन् । तीमध्ये काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ सङ्क्रमित देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसअघि सबैभन्दा बढी देशभर एकै दिन एक हजार १११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा पनि आजको कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्मकै बढी हो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज १२ हजार ७१७ जनामा पीसीआर परीक्षण भएकामा काठमाडौँसहित देशभर उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म छ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ५१८ रहेको छ । संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् । होम आइसोलेसनमा रहेकाको सङ्ख्या छ हजार ९०० छ । आज देशभर सात हजार ७९७ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप २६७ कोरोना जितेर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या २० हजार ८२२ पुगेको छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा