कोभिड १९ प्रति सावधानी अपनाउन एनआरएनएको आग्रह

nrn banar

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को सङक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि सङ्क्रमण बढाउने भएकाले त्यस्ता कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सिमित सङ्ख्या र सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभयो ।

डा सापकोटाले कोरोना सङ्क्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गर्नुभएको हो । कोरोना सङ्क्रमणको बढ्दो जोखिमले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उहाँले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गर्नुभयो । मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीत सङ्गीत सुन्न र योग तथा ध्यान गर्न समेत डा सापकोटाले अनुरोध गर्नुभयो । ‘कोभिड–१९’ विरुद्ध खोप आगामी जनवरीभित्र सर्वसाधारणको लागि उपलब्ध हुने अपेक्षा गरिएको बताउँदै उहाँले सचेत र सावधान रही अघि बढ्न आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री