काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को सङक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ ।
समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि सङ्क्रमण बढाउने भएकाले त्यस्ता कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सिमित सङ्ख्या र सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभयो ।
डा सापकोटाले कोरोना सङ्क्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गर्नुभएको हो । कोरोना सङ्क्रमणको बढ्दो जोखिमले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उहाँले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गर्नुभयो । मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीत सङ्गीत सुन्न र योग तथा ध्यान गर्न समेत डा सापकोटाले अनुरोध गर्नुभयो । ‘कोभिड–१९’ विरुद्ध खोप आगामी जनवरीभित्र सर्वसाधारणको लागि उपलब्ध हुने अपेक्षा गरिएको बताउँदै उहाँले सचेत र सावधान रही अघि बढ्न आग्रह गर्नुभयो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश