तमुधिं यूकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक 

लण्डन। तमुधिं यूकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक परेको छ ।
उनका पिता क्षेसराज गुरुङको पोखराको चरक हस्पिटलमा उपचारको क्रममा शुक्रबार राति १२:३५ बजे ८६ वर्षको उमेरमा निधन भएको हो ।
उनी करिब डेढ दशकदेखि पक्षघात लगायतको स्वास्थ्य समस्याबाट पीडित रहेका थिए ।
समाजसेवी गुरुङको जन्म पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं.८ (तत्कालीन ठानामौला गाविस वडा नं.७)खाल्टे हर्राबोट गाउँमा भएको थियो । उनी हाल पोखरा महानगरपालिका नयाँबजार प्रदर्शनी मार्गमा बसोबास गर्दैआएका थिए । उनी चारभञ्ज्याङ तमु समाज पोखराका विशेष सहयोगदाता थिए ।
स्वर्गीय गुरुङको २ छोरा र ४ जना छोरी छन् । उनका जेठा छोरा तमुधिं यूकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ तथा बुहारी तमुधिं यूके आमा समूहकी निवर्तमान अध्यक्ष प्रेमकुमारी गुरुङ, कान्छा छोरा अल्डरसट निवासी लालकाजी गुरुङ, बुहारी इन्द्रा गुरुङ तथा छोरीहरु साईली कृष्णकुमारी गुरुङ र कान्छी रामकुमारी गुरुङ यूकेमा छन् भने जेठी र माइली छोरी नेपालमै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री