पोर्तुगलमा एक नेपाली महिलाको निधन

पोर्तुगलमा एक नेपाली महिलाको असामयिक निधन, नौ महिना भित्र १२ नेपालीको ज्यान गयो

स्व रेनुका पौड्याल खनाल

लिस्बन । पोर्तुगलमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । स्याङग्जा जिल्लाको अर्जुन चौपारी गाँपा – ५ जन्मघर भई  विगत १ बर्षदेखि पोर्तुगलको लिस्बन बस्दै आएकी ३२ बर्षिय रेनुका पौडयाल खनालको  स्तन क्यासरवाट  बिहीबार  अगस्ट २७ तारिख विहान साउ जोसे अस्पताल लिस्बनमा असमायिक निधन भएको मृतकका श्रीमान जायेश्वर खनालले जानकारी दिए ।

मृतक रेनुका  श्रीमान र एक  बर्षकी छोरीका साथ  पोर्तुगल बस्दै आएकी थिइन् । उनीहरुका १० बर्षिय एक छोरा नेपालमा नै अध्यनरत रहेको मृतकका श्रीमान जायेश्वर खनालले बताए उनी भने विगत चार बर्षदेखि पोर्तुगल बस्दै आएका छन् ।

मृतक रेनुकालाई एक बर्षदेखि किमो थेरापी दिएर लिस्बनमा उपचार  भइरहेको थियो ।

आजै एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरेले एक शोक वक्तव्य जारी गरी मृतक आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा समवेदना व्यक्त गरेका छन् । गैरेका अनुसार परिवारसंगको सल्लाह र सहमतिमा  शनिबार अगस्ट २९ तारिख उनको अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार गरिने तय भएको छ ।

पोर्तुगलस्थित प्रवासी नेपाली एकता मंच, जनसम्पर्क समिति, नेपाली समाज लगायत विभिन्न संघसंस्थाहरुले शोक विज्ञप्ति जारी गरी मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

उनी सहित ९ महिनाभित्र पोर्तुगलमा विभिन्न कारणले १२ जना नेपालीहरुले असामयिक रुपमा ज्यान गुमाइ सकेका छन् ।

हेर्नुहोस्  एनआरएनए पोर्तुगलको शोक वक्तव्य जस्ताको तस्तै :

भावपूर्ण श्रद्धान्जली ! गहिरो समवेदना !!!

स्याङ्जा जिल्लामा जन्मनु भई हाल कास्कि जिल्ला स्थाई घर भई विगत १ बर्षदेखि पोर्तुगलको लिस्बन स्थित अलमेदा नजिकै बस्दै आउनु भएकी रेनुका पौड्याल खनालको अल्पायुमै स्तन क्यासरवाट हिजो अगस्ट २७ तारिक लिस्बोन मार्तिम मुनिजको साउ जोसे हस्पिटलमा असमायिक निधन भएको खबरले हामी पोर्तुगलवासी सम्पूर्ण गैर आवासीय नेपालीहरु अत्यन्त दु:खी र मर्माहत भएका छौं । असिम वेदना र दु:खको यो घडीमा स्व. रेनुकाको असामयिक निधनप्रति गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्तुगल भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै उहाँको  अन्तिम श्रद्धान्जली र दाह संस्कार निम्न मिति र स्थानमा हुने भएकोले आदरणीय पोर्तुगलबासी सम्पूर्ण नेपालीहरुमा जानकारी गराउदछौं ।

समय :  शनिबार दिउँसो १:३० बजे

स्थान : हस्पिटल साओ जोसे मार्तिमुनिज  (फ्यूनुराल कापुसोको ठीक अगाडि )

दाहसस्कार गरिने समय : शनिबार दिनको ठीक ३:३० बजे

दाहसस्कार गरिने स्थानको ठेगाना : parada Alto de São João,3 1900-053,Lisboa

नोट : पोर्तुगल सरकारको कोरोना संक्रमण नियन्त्रण निति अनुसार १० जना भन्दा बढी मानिसहरु एकै ठाँउमा जम्मा हुन नमिल्ने भएकोले नियमलाई ख्याल गरिदिनुहुन समेत बिनम्र अनुरोध गर्दछौ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद  (NRNA) पोर्तुगल ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री