काठमाडौँ । विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् ।
नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२ यात्रु तथा १६ वटा शव नेपाल ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाटै १५६ यात्रु ल्याएको छ । त्यस्तै कतार एयरवेजले दोहाबाट ७२ नेपाली काठमाडौँ ल्याएको छ । उसले काठमाडौँबाट फर्किदा १२७ यात्रु लगेको विमानस्थल कार्यालयले जनाएको छ ।
शनिबार पनि विभिन्न एयरलाइन्सका छ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थल कार्यालयले तालिका सार्वजनिक गरेको छ । पहिलो उडान सिल्क एयरले सिङ्गापुरबाट यात्रु काठमाडौँ ल्याउनेछ । जजीरा एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउने जनाइएको छ । त्यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट काठमाडौँका लागि चार्टर्ड उडान गर्नेछ । नेपाल एयरलाइन्सले क्वालालम्पुर र कुवेतबाट उद्धार उडान गरी नेपाली फर्काउने उडान तालिका छ ।
आज आन्तरिकतर्फ सिम्रिक र कैलाशको हेलिकोप्टरले गोरखामा समान एक उडान गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते