काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ६२९ नमुना परीक्षणमा ३३४ महिला र ७७७ पुरुषमा सङ्क्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना सङ्क्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ३७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन् । त्यसैगरी देशभर रहेका सङ्क्रमितमध्ये १५१ आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
थप आठ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमा पाँच महिला छन् भने बाँकी तीन पुरुष छन् । ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीय, बाँकेकी ७० वर्षीया र रुपन्देहीकी ७० वर्षीया महिलाको कोरोना भाइरसबाट निधन भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पुरुषमा काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरुषको निधन भएको हो । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ८३ पुगेको छ । नेपालमा मृत्युदर शून्य दशमलव ५२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते