लण्डन । शेर्पा संघ युकेका अध्यक्ष साना शेर्पाको सोमबार भएको निधनप्रति बेलायतस्थित संघसंस्थाहरुले श्रद्धान्जली व्यक्त गरेका छन ।
नेकपा निकट प्रवासी नेपाली एकता मंच यूकेका सचिव सुरेश गौतम, कांग्रेस निकट एनपिसिसि यूकेका अध्यक्ष यूवराज गुरुङ र शेर्पा संघलगायतका एक दर्जन भन्दा बढी संस्थाहरुले शेर्पाप्रति श्रद्धान्जली व्यक्ति गरेका हुन ।
पुरानो घर भोजपुर जिल्ला षडानन्द नगरपालिका र हाल बेलायतको आसफोर्डमा बसोवास गरिरहेका शेर्पा, शेर्पा संघ यूकेको अध्यक्ष थिए । शेर्पाको २४ अगष्ट सोमवार ५१ बर्षको उमेरमा निधन भएको थियो ।
२११६८३६३ ब्रिटिश गोर्खा सैनिक शेर्पा कोरोना संक्रमित भएर विगत १३ जुलाईदेखि अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । केन्टस्थित विलियम हार्भे अस्पतालमा भर्ना भएका उनमा कोरोना पोजेटिभ देखिएको थियो । पछि सेन्ट्रल लण्डनस्थित सेन्ट थोमसेस हस्पिटलमा सारिएको थियो। केही महिनाअघि उनको सासुआमाको पनि निधन भएको थियो ।
शेर्पा संघ युकेको दोस्रो कार्यकाल अध्यक्ष पदमा उनी कार्यरत थिए । उनको पुर्ख्यौली घर भोजपुर जिल्ला षडानन्द नगरपालिका किमालुङ रहेको थियो । ३ छोरा र श्रीमतिसहित केन्टस्थित आसफोर्डमा बसोबास गरिरहेका थिए ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो