काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ । क्यानले मङ्गलबार विज्ञप्ति जारी गर्दै १८ सिनियर महिला खेलाडीको कोरोना बीमा गरेको जनाएको छ ।
यसअघि क्यानले पहिलो चरणमा सिनियर पुरुष क्रिकेट टोलीका २३ खेलाडीसहित ५१ जनाको बीमा गरेको थियो । कोरोना सङ्क्रमणको त्रास बढ्दै गएको अवस्थामा क्यानले खेलाडी, मैदानमा खटिने कर्मचारी र क्यान कार्यालयका कर्मचारीको यस अघि बीमा गरेको हो । बीमा गरिएका महिला खेलाडीको नाम भने क्यानले सार्वजनिक गरेको छैन ।
पहिलो चरणमा पुरुष खेलाडी, मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारीको कोरोना बीमा गरेपछि क्यानले दोस्रो चरणमा महिला खेलाडीको बीमा गरेको हो । लामो समयदेखि क्यानले कोरोना महामारीका कारण पुरुष तथा महिला खेलाडीका लागि प्रशिक्षणको चाँजोपाँचो मिलाउन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले सम्पूर्ण खेलकूद गतिविधि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । महिला खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उक्त बीमा गरिएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते