काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर–२१ का सभापति गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण निधन भएको छ।
नेपाली कांग्रेसका एक असल नेताको रुपमा स्थापित सामाजिक अगुवा रञ्जितको कोरोना भाइरसको संक्रमणबाट निधन भएको हो। रञ्जित विकासका पक्षधर, सामाजिक अगुवाका रुपमा परिचित छन्।
नेपाली कांग्रेस प्रवक्ता सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले ट्वीट गरेर नेता रञ्जितको निधनप्रति दुःख व्यक्त गरेका छन्।
‘अल बिदा गोविन्द दाइ, कोरोनाबाट दैनिक आधा दर्जनभन्दा बढीको मृत्यु भएको विवरण आइरहेका छन्, प्रत्येक आफन्तको मृत्युप्रति हामी सबै मर्माहत छौं, आज नेपाली कांग्रेस काठमाडौं महानगर वडा नम्बर–२१ का सभापति गोविन्द रञ्जितको निधन भएको छ, उहाँलगायत सबैप्रति हार्दिक श्रद्धाञ्जली,’ प्रवक्ता शर्माले लेखेका छन्।
यसअघि, भदौ २ गते बिहान पाटन अस्पतालमै उपचाररत नवलपरासी कांग्रेस उपसभापति सुवासचन्द्रको मृत्यु भएको थियो।
कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा रेफर गरिएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते