सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स यूकेको अध्यक्षमा माधव पराजुली

लण्डन। सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स यूकेको दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । आइतबार भर्चुअल साधारण सभा मार्फत माधव पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमिति उपाध्यक्षमा यम राय, सचिवमा दिलिप पौडेल, सह-सचिवमा सबिता गिरी, कोषाध्यक्षमा गोविन्द महत तथा सदस्यहरुमा जमुना न्यौपाने, कल्पना पण्डित, रमेश त्रिपाठी, शोभा पाण्डे, सुदर्शन रुवाली र उदय लम्साल छन । निबर्तमान अध्यक्ष शेखर वाग्लेको कार्यसमितिमा नवनिर्वाचित अध्यक्ष कार्यसमिति सदस्यका रुपमा कार्यरत थिए ।
गत आइतबार २३ अगस्टमा सम्पन्न भर्चुअल ७ औं साधारण सभामा सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन । साधारण सभामा सचिवको प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन माथि छलफल भै सर्वसम्मतिले पारित भएको थियो । अधिवेशनले सोसाइटीको विधान संशोधन पनि गरेको छ ।
अनलाईन सभामा सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले सदस्यहरुको उल्लेख्य सहभागिता थियो। सोसाइटीको ७ औं कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि श्याम थापाको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको थियो । समितिले माधब पराजुलीको नेतृत्वमा ११ जनाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
सभामा निबर्तमान अध्यक्ष शेखर वाग्लेले नव निर्बाचित अध्यक्ष माधब पराजुलीसहितको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रममा पुर्वअध्यक्षहरु नारायण भट्टराई , डा. तेजेन्द्र फेराली, अर्क राज तिम्सिना, यादव श्रेष्ठ, एनआरएन यूके आईसीसी सदस्य ललित न्यौपानेलगायतले नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना र बधाई दिएका थिए । साधारण सभा अध्यक्ष शेखर वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो भने अधिवेशन सचिब अर्जुन पौडेलले संचालन गरेका थिए ।
यसैवीच, नेपाली भाषा तथा सास्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधानले नवनिर्वाचित अध्यक्ष पराजुली र वहाँको कार्यसमितिलाई वधाई तथा शुभकामना दिएका छन । बेलायतमा जन्मिएका नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिको कक्षा संचालन गरिरहेका प्रधानले प्रोफेसनल्स यूकेको टिमसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री