लन्डन । बेलायत र युरोपेली संघ (ईयु) बीच ब्रेक्जिट (ईयूबाट बेलायतको बहिर्गमन) पछिको सम्झौता सजिलो नभएको बेलायत सरकारका मुख्य वार्ताकार डेभिड फ्रस्टले बताउनुभएको छ ।
वार्ताको अन्तिम चरण समाप्त भएपछि दिएको प्रतिक्रियामा उहाँले सम्झौता सहज नभएको बताउनुभएको हो ।
“हामीले ईयुसँग सातौं चरणको वार्ता समाप्त गरिसकेका छौँ । मैले अघिल्लो हप्ता भनेझैँ सम्झौता अझै सम्भव छ र यो अझै हाम्रो लक्ष्य हो तर यो हासिल गर्न सजिलो हुने छैन भन्ने कुरा स्पष्ट छ,” फ्रस्टले भन्नुभयो ।
“कुनै सम्झौता हुने हो भने बेलायत–ईयूबीच भावी सहयोगका विभिन्न क्षेत्रहरूमा ठोस काम आवश्यक रहने छ,” ब्रसेल्समा पछिल्लो चरणको वार्ताको समापनपछि फ्रस्टले भन्नुभयो ।
“हामीले यस हप्ता उपयोगी छलफल गरेका छौं तर थोरै प्रगति भएको छ,” फ्रस्टले भन्नुभयो ।
उहाँले थप्नुभयो, “ईयुले अझै पनि हामीले ईयु राज्य सहायता र मत्स्य पालन नीतिसँगको निरन्तरतालाई स्वीकार्नु पर्नेमा जोड दिइरहेको छ । तर कानूनको खाकासहित वार्ताको कुनै पनि अन्य क्षेत्रमा अगाडि कुनै ठोस कार्य गरिसक्नु अघि यसमा सहमति हुनुपर्दछ ।”
ईयूको अडानले प्रगति गर्न अनावश्यक रूपमा गाह्रो बनाइरहेको फ्रस्टको भनाइ छ । केही महत्वपूर्ण क्षेत्रहरू, जसको समाधान हुन बाँकी छ र वार्ताकारहरूबीच व्यापक समझदारी भए पनि काम गर्नुपर्ने धेरै विवरण बाँकी रहेका छन् । उहाँले भन्नुभयो, “दुवै पक्षका लागि समय छोटो छ ।”
बेलायतले इयुसँगको सम्झौतामा पुग्न कडा मेहनत गरिरहेको छ र बेलायती मुख्य वार्ताकार र ईयूको टोली सेप्टेम्बर ७ या अर्काे दुई हप्तापछि लन्डनमा हुने वार्ता अघि निकट सम्पर्कमा रहन सहमत भएका छन् ।
लन्डनले आफ्नो स्थिति अपरिवर्तित रहेको भन्दै आफ्नो माछा मार्ने जल क्षेत्र सम्बन्धमा बेलायती सार्वभौमिकतामा सम्झौता गर्ने कुनै पनि प्रस्तावलाई स्वीकार गर्दैन भन्ने कुरामा जोड दिएको छ ।
स्थानीय सञ्चारमाध्यमले बताए अनुसार व्यापार हिस्सा साझेदारीको बारेमा भएको अन्तिम चरणको वार्तामा कुनै प्रगति भएको छैन । बेलायतको धारणा व्यापार सम्झौतापछि ब्रसेल्सको अधिनलाई नमान्ने कुरा हो र ईयु केवल सानो परिवर्तनलाई उत्तम परिवर्तनका रूपमा स्वीकार्न मात्र तयार छ ।
सम्झौताको वार्तामा खेल्ने तथाकथित विषयहरूमध्ये अनुदान नियन्त्रणको विषय एक प्रमुख चुनौती रहेको छ ।
बेलायतले जनवरी ३१ मा आफ्नो इयु सदस्यताको अन्त्य भएको घोषणा गरिसकेको छ तर स्थायी भविष्यको व्यापार सम्झौतामा पुग्नको लागि सङ्क्रमणकालीन अवधि अर्थात् सन् २०२० को डिसेम्बर ३१ सम्म ईयूको नियमहरूलाई पालना गर्नेछ । यस अवधिमा बेलायतले ईयु कोषमा भुक्तान गर्नुपर्नेछ र ब्रसेल्सले लगाएको कानूनलाई पालना गर्नेछ ।
ईयूका बेलायतसम्बन्ध मामिला प्रमुख वार्ताकार मिशेल बार्नियरले ईयुका २७ सदस्य राष्ट्रहरूले सम्झौता अनुमोदन गर्न सक्ने बनाउन मस्यौदालाई अक्टूबरसम्ममा अन्तिम रूप दिइनुपर्ने बताउनुभएको छ ।
बार्नियरले भन्नुभयो, “म निराश, चिन्तित र अचम्मित भएको छु किनकि पछिल्लो वार्ता प्रगतितर्फ बढ्नुको सट्टा झन् ‘पछाडितिर’ जाँदै गरेको अनुभव भएको छ ।
यदि सङ्क्रमणकालीन समयसीमा समाप्त हुँदासम्म पनि बेलायत र ईयूबीचको व्यापार सम्झौता असफल भयो भने दुवै पक्षले विश्व व्यापार संगठनको शर्तमा व्यापार गर्नेछन् । जसअन्तर्गत नयाँ सीमा नियन्त्रण र करको अर्थ उनीहरूको व्यापारको लागि अतिरिक्त लागत हुनेछ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश