स्कटल्याण्डमा रेल दुर्घटनामा तीनको मृत्यु

फोटो बीबीसी

लण्डन । स्कटल्याण्डको आवर्डिनमा आज बिहान भएको रेल दुर्घटनामा तीन जनाको निधन भएको छ।

बीबीसीका अनुसार आज बिहान स्कट रेल रेलको आवर्डिन-ग्लास्गो सेवाको रेल पहिरोमा पर्दा सो दुर्घटना भएको हो ।

सो घटनापछि सो घटना भएको स्टोनहेभन क्षेत्रमा ३० भन्दा बढी आकस्मिक सेवाका सवारीसाधनहरु जम्मा भएका छन् ।

भीषण बर्षातपछि आएको बाढी पहिरोका कारण स्कटल्याण्डका विभिन्न क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ ।

सो दुर्घटनामा ६ जना मानिसहरुलाई अस्पताल लगिएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा रेलका चालक समेत रहेका छन् । ब्रिटिश ट्रान्सपोर्ट प्रहरीले उनको परिवारलाई अवगत गराइसकिएको र बाँकी दुई परिवारलाई पनि जानकारी गराउने क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री