हाम्रो नेपाली समाज वेष्टमिडल्याण्डबाट म्याग्दीमा राहत वितरण

राहत वितरणका लागि लगिँदै

लण्डन । हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड यूकेले नेपाली वेयलफेयर सोसाइटीको संयोजनमा म्याग्दीका बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ ।

म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नं ६ मराङमा आएको बाढीपहिरोबाट पीडित ९० घरपरिवारलाई मंगलबार राहत वितरण गरिएको हो ।

संस्थाले राहतस्वरुप प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई प्याकेट आयो नुन वितरण गरेको समाजकी अध्यक्ष तथा एनआरएन युके कार्यसमितिका सदस्य गोमा पौडेलले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सम्पूर्ण सहयोगी दाताहरुलाई विशेष धन्यवाद प्रकट गर्दै मातृभूमिमा आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाई राहत उपलब्ध गराउन पाउँदा निकै खुसी र अझ केही गरौँ भनी उर्जा मिलेको बताइन् ।

राहत वितरण कार्यक्रममा प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा सासंद गगन थापाले जुम कन्फेरेन्समार्फत सम्बोधन गरेका थिए । प्रवासमा रहेर पनि संकटको यस अवस्थामा मातृभूमिलाई सम्झिएर जोखिममा परेका नागरिकहरुलाई सहयोग गरेकोमा संस्था र ब्यक्तिहरुको काम सराहना उनले गरेका थिए ।

राहत वितरणको संयोजन गर्ने नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष एवं एनआरएनए युकेका सदस्य धन बहादुर सार्कीले कोभिड १९ को महामारी एवं भर्खरै आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाई राहत उपलब्ध गराई पीडित नेपालीहरुलाई साथ दिन आफूहरुले कोसिस गरिरहेको बताए ।

गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङले कोरोनाभाइरस र प्राकृतिक विपत्तिले आम नागरिकहरूलाई दुखः र कष्ट भोग्न बाध्य बनाएको यस दुखद घडीमा हातमा हात मिलाएर साथ दिन आग्रह गरिन् ।

यस कठिन परिस्थितिमा बेनीदेखि ट्याक्टरबाट दरबाङ्गसम्म ढुवानी गरिएको खाद्यान्न राहत त्यहाँबाट सामान ढुवानीका लागि खच्चडबाहेक विकल्प नभएपछि खच्चरलाई दुई दिनसम्म बोकाएर धौलागिरीसम्म पुर्याइएको नेपालबाट कार्यक्रम संयोजन गरिरहेका डा. बुद्धि नेपालीले बताए ।

कार्यक्रममा मर्जिङ नेपसक्स युकेका अध्यक्ष एवं विद्यार्थी अभियन्ता पवन कंडेलले कोरोनाबाट प्रभावित विद्यार्थीहरुको लागि करिब २२ हजार पाउण्ड राहतस्वरुप वितरण गरिएको जानकारी गराए ।

एनआरएन युकेका सचिव एवं रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटी युकेका उपाध्यक्ष जीत रानाभाटले सञ्चालन गरेको सो जुम कन्फरेन्समा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन कुमार थापा, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ, नेपाली वेलफेयर सोसाईटी युकेका अध्यक्ष तथा एनआरएन युके कार्यसमितिका सदस्य धनबहादुर सार्की, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको उत्पीडित र दलित वर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, गैर आवासीय नेपाली संघ आईसिसी सदस्य दयानिधि सापकोटा, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अनरी काउन्सिल सदस्य रणबहादुर केसी, साझा नेपाली समाज युकेका पूर्व अध्यक्ष गंगाराम गौतम, लन्डन नेपाल न्युजका प्रधान सम्पादक शिव भण्डारी, ग्रेटर रसमोर नेप्लिज कम्युनिटी युकेका अध्यक्ष रामधन राई, साझा नेपाली समाज युकेका अध्यक्ष तथा एनआरएनए युकेका सल्लाहकार महेस अधिकारी, शान्ति नेपाली समाज युकेका अध्यक्ष लीला थापा, मर्जिङ नेपसक्स युकेका अध्यक्ष पवन कंडेल पनि उपस्थित थिए। त्यसैगरी एनआरएनए युके सल्लाहकार नारायण फुयाल, एनआरएनए युकेका निवर्तमान सचिव तारानाथ भण्डारी, एनआरएनए युकेका सदस्य कृष्ण खरेल, एनआरएन इंग्ल्याण्ड राज्य समन्वय परिषद सचिव गोबिन्द खरेल, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड युकेका पूर्व अध्यक्ष शिव खराल,उपाध्यक्ष भीम शर्मा, महासचिव राज कंडेल, सल्लाहकारद्वय गुरु भण्डारी र डा. कृष्ण सापकोटा, सदस्य हरि कंडेल पनि उपस्थिति थियो ।

यसैगरी धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, मालिका गाउँपालिका उपप्रमुख खरमाया बिटाल, धौलागिरी गाउँपालिका वडा न.६. का अध्यक्ष राजाराम सुवेदी, नेपाल नेसनल दलित सोसियल वेलफेयर अर्गनाइजेसनका अध्यक्ष तथा विश्वास लिगल कन्सलटेंसी सेन्टर, नेपालका संस्थापक अध्यक्ष त्रिलोक चन्द विश्वास, दलित अभियन्त सृजना विश्वकर्मा, नाईस मिडिया म्याग्दीका बादल शाही, नेकपा वडा न.६ अध्यक्ष ज्ञान बहादुर गर्बुजा, नेपाली कांग्रेसका प्रतिनिधि लक्ष्मण सुवेदीको सहभागिता रहेको थियो ।

राहत वितरण कार्यक्रममा उपस्थित अतिथिहरुले जुम कन्फ्रेन्समार्फत सम्बोधन गरेका थिए । म्याग्दीको मराङ राहत वितरण तथा भिडियो कन्फरेन्स दुवै कार्यक्रम एकै समयमा गरिएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लगायतले विषम परिस्थितिमा राहत उपलब्ध गराएर संस्थाले अतुलनीय मानवीय काम गरेको बताउँदै सहयोगी नेपाली मनहरुप्रति आभार ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री