काठमाडौं । तेह्रौँ दक्षिण एसियाली खेलकूद (साग)मा स्वर्ण जितेका दुई पाकिस्तानी खेलाडी डोपिङ परीक्षणमा असफल भएका छन् ।
नेपालमा गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म भएको १३औँ सागमा सहभागी १०० मिटर हर्डल्समा स्वर्ण जितेका मुहम्मद नहिम र ४०० मिटर हर्डल्समा स्वर्ण जितेका मेहबुब अलीको डोपिङ पोजेटिभ पाइएको हो । दुवै जनाको डोपिङ पोजेटिभ देखिएको र उनीहरुले त्यसलाई स्वीकारेको नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत जनाएको छ ।
दुवै खेलाडीलाई सन् २०१९ डिसेम्बर २ तारिखदेखि सन् २०२३ डिसेम्बर २ तारिखसम्मका लागि निलम्बन गरिएको नेपाल ओलम्पिक कमिटीको विज्ञप्तिमा उल्लेख छ । नदिम र अलीको स्वर्ण पदक खोसिएको छ । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)को नियमानुसार सागमा सहभागी खेलाडीको डोपिङ टेस्ट गरिएको थियो । यस क्रममा दुवै खेलाडीले निषेधित पदार्थ सेवन गरेको पाइएको थियो । तेह्रौँ सागमा पाकिस्तानले ३० स्वर्णसहित १३२ पदक जितेका थियो । दुई स्वर्ण खोसिएपछि अब पाकिस्तानका नाममा ३० स्वर्णमात्र रहनेछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते