नाइजर । नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ ।
प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली नागरिकको हत्या भएको हो ।
उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए । उनीहरुलाई बन्दुकधारीहरुले हत्या गरेका बताइएको छ । यस विषयको विस्तृत समाचार भने आएको छैन । ती सहायताकर्मीहरुले अन्तर्राष्ट्रिय सहायता समूह एटिसीइडीमा काम गर्ने गरेका थिए । सोही समूहका ती सहायताकर्मीलाई नै लक्ष्य गरेर बन्दुकधारीहरुले हमला गरेका प्रारम्भिक सूचनामा जनाइएको छ ।
आफ्ना ती नागरिक नाइजरमा मारिएको फ्रान्स सरकारले पनि पुष्टि गरेको छ । उनीहरु आइतबार मारिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको हो । यसअघि सो समाचार अल जाजिरा टिभीले दिएको थियो । उनीहरु किन मारिएका हुन् र कसले हत्या गरेको हो भन्ने बारेमा भने केही खुलेको छैन ।
फ्रान्सेली राष्ट्रपति एम्यानुयल म्याक्रोले नाइजरका राष्ट्रपति मोहमदु इसोफूसँग फोनमा कुराकानी गर्नुभएको अल जाजिरा टिभीले जनाएको छ । नाइजरका राष्ट्रपति मोहमदु इसोफूले उक्त घटनाको निन्दा गर्नुभएको छ । यसरी नागरिकको हत्या गर्ने काम जघन्य अपराध भएको भन्दै फ्रान्सेली सरकार र नागरिप्रति उहाँले सहानुभूति दिनुभएको पनि सो समारमा जनाइएको छ ।
यस घटनाको अनुसन्धान शुरु भएको छ । हत्या कसले र किन गरेको हो भन्ने बारेमा केही बताइएको छैन ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते