नाइजर । नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ ।
प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली नागरिकको हत्या भएको हो ।
उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए । उनीहरुलाई बन्दुकधारीहरुले हत्या गरेका बताइएको छ । यस विषयको विस्तृत समाचार भने आएको छैन । ती सहायताकर्मीहरुले अन्तर्राष्ट्रिय सहायता समूह एटिसीइडीमा काम गर्ने गरेका थिए । सोही समूहका ती सहायताकर्मीलाई नै लक्ष्य गरेर बन्दुकधारीहरुले हमला गरेका प्रारम्भिक सूचनामा जनाइएको छ ।
आफ्ना ती नागरिक नाइजरमा मारिएको फ्रान्स सरकारले पनि पुष्टि गरेको छ । उनीहरु आइतबार मारिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको हो । यसअघि सो समाचार अल जाजिरा टिभीले दिएको थियो । उनीहरु किन मारिएका हुन् र कसले हत्या गरेको हो भन्ने बारेमा भने केही खुलेको छैन ।
फ्रान्सेली राष्ट्रपति एम्यानुयल म्याक्रोले नाइजरका राष्ट्रपति मोहमदु इसोफूसँग फोनमा कुराकानी गर्नुभएको अल जाजिरा टिभीले जनाएको छ । नाइजरका राष्ट्रपति मोहमदु इसोफूले उक्त घटनाको निन्दा गर्नुभएको छ । यसरी नागरिकको हत्या गर्ने काम जघन्य अपराध भएको भन्दै फ्रान्सेली सरकार र नागरिप्रति उहाँले सहानुभूति दिनुभएको पनि सो समारमा जनाइएको छ ।
यस घटनाको अनुसन्धान शुरु भएको छ । हत्या कसले र किन गरेको हो भन्ने बारेमा केही बताइएको छैन ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा