स्कटल्याण्ड । स्कटल्याण्डको आबर्डिन सहरमा पबमा गएका युवाहरुबाट कोरोनाको संक्रमण फैलिएपछि लकडाउन गरिएको छ।
आबर्डिनमा करिब पाँच सय भन्दा बढी नेपालीहरु रहेपनि स्थानीय नेपाली समुदाय अहिले कोरोना संक्रमणबाट सुरक्षित रहेका छन्। आबर्डिनमा क्रियाशील नेपाली संस्था अर्गनाइजेसन फोर नेप्लिज कल्चर एण्ड वेलफेयरका ट्रष्टी दिपेश रेग्मी अहिले आबर्डिनमा नेपाली समुदायमा नदेखिएको बताउनु भयो। यस अघिको लकडाउनमा केहि नेपालीहरुलाई कोरोना संक्रमण भए पनि अहिले सबैजना संक्रमणरहित रहनु भएको रेग्मीले बताउनु भयो।
स्थानीय पबहरुबाट फैलिएको संक्रमणको कारण १०१ जनालाई कोरोना देखिएको र कोरोना संक्रमितहरुसंग सम्पर्क आएका ३१३ जना को ट्रयाक भएको एनएचएस ग्रामपियन जनाएको छ। संक्रमित हुनेहरुमा अधिकांस युवाहरु रहेका छन्। यस्तै स्कटिस प्रिमियर खेल्ने क्लब आबर्डिन फुटबल क्लबका पब गएका ८ खेलाडीमध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ भने अन्य ६ खेलाडीहरु आइसोलेशनमा रहेका छन्। ८ मुख्य खेलाडीहरुमा संक्रमणको प्रभाव देखिएको कारण आबर्डिन फुटबल क्लबले स्कटिस प्रिमियरसिपमा खेल्ने खेलहरु स्थगित भएको छ।
आबर्डिनका एनआरएनए स्कटल्याण्ड सदस्य बिदुर खत्री आबर्डिनका नेपाली समुदाय सचेत रहेकोले पहिले पनि कोरोनको संक्रमणकोअसर कम देखिएको र फेरी लकडाउन भएको कारण बढी सतर्कता अपनाउनु पर्ने बताउनु भयो।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण