लन्डन ।नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था “अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ” को चौथो भर्चुअल अधिबेशनले आगामी २ वर्षका लागि अजय सत्याल (अमेरिका) को नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमिति उपाध्यक्षमा एभरेष्ट गौतम (बेलायत), बिनोद भट्टराई (कतार), प्रशान्त उप्रेती (फ्रान्स), महासचिबमा राहुल रेग्मी (नेपाल), सचिबमा केदार तिमील्सिना (अमेरिका), कोषाध्यक्षमा उत्तम अधिकारी (नेपाल), सदस्यहरुमा निरन्जन पौडेल (क्यानडा), बिनोद प्रसाद मैनाली (अष्ट्रेलिया), राज गौतम (पोर्तुगल), नवराज बस्नेत (युएई), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र बिक्रम हमाल (कुवेत), डा. इन्दिरा तिवारी (साउथ कोरिया), राजेन्द्र प्रसाद कंडेल (नेदरल्याण्ड), राजन काफ्ले (आयरल्याण्ड), मन्जु प्रधान (बेल्जियम) र अर्जुन बोगटी (भारत) रहेका छन ।
दुई दर्जन देशका प्रतिनिधिहरु र सामाजिक अगुवाहरुको सहभागीतामा १ अगस्त २०२० का दिन सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको थियो । संघका अध्यक्ष अजय सत्यालको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथीको रुपमा राष्ट्रिय युवा परिषद का उपाध्यक्ष माधव ढुङेल थिए सहभागी थिए । अतिथीहरुमा गैरआवासिय नेपाली संघका अध्यक्ष कुमार पन्त, नेपाली रक्तसञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकार, ब्लोदानका अध्यक्ष सानूबाबु प्रजापति, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डा. लिलाराज दाहाल, युएन फुड प्रोग्राम अन्तरगत बङ्गलादेशमा कार्यरत विषेशज्ञ मञ्जु कर्माचार्य रहेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भर्चुअल चौथो साधारण सभामा ढुङेलले रक्तदानले जीवनदान दिन सक्ने भन्दै सेवा संगै परोपकार र धर्म समेत भएको बताए । उनले संघले गरेको कार्यले सबैलाई उत्प्रेरणा दिने र रक्तदान मार्फत गरेको सेवा अन्य कुनै पनि सेवा भन्दा महत्वपुर्ण रहेको जनाए । संघ अध्यक्ष पन्तले जीवन बचाउने पवित्र कार्यका लागि देश र बिदेशमा रहेर नेपाली समुदाय सेवा भावमा लागेको देख्दा आफुलाई गर्व महसुस भएको भन्दै रक्तदाता संघलाई धन्यवाद दिए । अतिथीहरु डा. कर्णिकार, प्रजापति, डा.दाहाल, र कर्माचार्य लगायतले शुभकामना मन्तव्य दिए ।
कार्यक्रममा अन्तराष्ट्रिय रक्तदाता संघका उपाध्यक्ष एभरेष्ट गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले संस्थाको गतिविधि र भावी कार्यक्रमको बारेमा अवगत गराए । कार्यक्रम पश्चात अन्तराष्ट्रिय नेपाली रक्तदाता संघले ६ बुदे प्रेस नोट जारी गरेको थियो ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा