![]()

लण्डन । ग्राजुएट इन्टरपेनर्स नेप्लीज सोसाईटी (जेन्स) यूकेले संस्थाको विकासका लागि व्यावसायिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउनु भएका ५ सामाजिक अभियन्ताहरुलाई सल्लाहकारमा मनोनयन गरेको छ । अध्यक्ष तिलक भट्टराईको अध्यक्षतामा आइतबार लण्डनमा बसेकोे अनलाईन बैठकलले व्यवसायी राजन कंडेल, अर्थविद् डा. मुकुन्द बास्तोला, व्यवसायी मोहन गुरुङ, एकाउनटेन्ट एलएन पाण्डे, एनआरएनए आईसिसि सदस्य ललितकुमार न्यौपानेलाई सामाजिक क्षेत्र गरेको योगदानको उच्च प्रसंसा गर्दै सल्लाहकारमा मनोनयन गरेको हो ।
त्यस्तै कार्यसमितिमा रिक्त सदस्य पदमा राजु न्यौपाने र श्रीमति रन्जिता मल्ललाई ल्याइएको छ । आइतबार जुम मार्फत बसेको कार्यसमितिको बैठकले कोभिड- १९ को विषम परिस्थितिमा सामुहिक लगानीलाई कसरी व्यवस्थित गर्ने बारेमा छलफल अघि बढाइएको अध्यक्ष भट्टराईले जानकारी दिए । उनकाअनुसार जेन्सले कोभिड-१९ संक्रमणमा खेलेको सामाजिक भूमिका तथा र भविष्यमा निभाउनु पर्ने सामाजिक कर्तव्यको बारेमा गहन छलफल गरेको थियो ।
जुम बैठकमा जेन्सका पदाधिकारीहरु श्याम खत्री, दिपक गैरे, राम थापा, सन्तोष कार्की, सूर्यविक्रम केसी, सुमन लामा, शालिकराम सापकोटा, लेखनाथ गैरे, लक्ष्मण पाण्डे, बिष्णु चेङवाङलगायतका सहभागिता थियो । उक्त बैठक महासचिव राजेन्द्र भण्डारीले सञ्चालन गरेका थिए । यसअघि जेन्स यूकेले कोभिड-१९ बाट प्रभावित नेपालीहरुलाई सहयोग गर्न एनआरएनए यूके र बेलायतका संघसंस्थाहरुलाई आर्थिक सहयोग उपलव्ध गराएको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश