
नयाँदिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ ।
गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १३५ जना पुगेको छ । सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये एघार लाख ८६ हजार २०३ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ७९ हजार ३५७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।
भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ८४३ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ५७६ व्यक्तिको मृत्यु भइसकेको छ । महाराष्ट्र कुल चार लाख ४१ हजार २२८ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको थियो ।
कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने चार हजार १३२ जनाको मृत्यु भएको छ ।
राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ३५६ जना सङ्क्रमित अवस्थामा रहेका र चार हजार ४० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा एक लाख २३ हजार ३१७ व्यक्ति कोरोना मुक्त भएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते