लण्डन । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिले प्रथम किराती राजा यलम्बरको स्मृतिमा स्मृति सभा आयोजना गरेको छ ।
बेलायती सरकारको बन्दाबन्दीको नियमलाई पालना गर्दै सीमित मानिसहरुको उपस्थितिमा शनिबार फोल्कस्टोनमा आयोजित सो कार्यक्रमको शुरुवात संस्थाका कार्यबाहक अध्यक्ष चन्द्रबहादुर राईले राजा यलम्बरको तस्वीरमा खादा र पुष्पगुच्छा अर्पण तथा दीप प्रज्वलन गरेर कार्यक्रको सुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा पूर्व रेडियो पस्तोता, पत्रकार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेका अध्यक्ष तथा सामाजिक अभियन्ता साथै संस्थाका उपमहासचिव श्रीमती प्रमिला लाबुङ राईलाई, संस्था र समुदायमा पुर्याउनुभएको योगदानको कदर गर्दै फेटा गुथाएर सम्मान गरिएको थियो ।
प्रथम किराती राजा यलम्बरले अहिलेको काठमाडौ उपत्यकामा महिस्पाल वंशका राजा भुवन सिंहलाई हराएर किरात राज्य सुरु गरेका थिए भने ३१ पुस्तासम्म निरन्तर रहेको तत्कालिन किरात राज्य बत्तीस किराती राजाहरुले शासन गरेको र पछि लिच्छवी शासकहरुले किरात राज्यलाई जितेर लिए भन्ने एतिहासिक अभिलेखहरुमा पाईन्छ ।
हाल आएर किरात राई, किरात लिम्बु, किरात याक्खा, किरात सुनुवार (कोईच) हरुले आफूलाई त्यही किरातको सन्तान भएको दाबी गरिरहेको छन् भने नेपालका अन्य आदिवासी समुदायहरु सुरेल, जिरेल, कोचे, मेचे, धिमाल, राजवंशीहरुले पनि आफूलाई किरात भन्दै आएका छन् । हाल आएर बेलायतमा समेत किरात राई, किरात लिम्बु, किरात सुनुवार र किरात याक्खा जातिहरु उल्लेख्य संख्यामा बसोबास गर्दै आएको पाइन्छ ।
उनै प्रथम किराती राजा यलम्बरको स्मृतिमा किरात राई यायोक्खा बेलायतले वर्षेनी अगष्ट महिनाको पहिलो सप्ताहन्तमा बृहत रुपले मनाउँदै आएको यलम्बर स्मृति दिवस यस वर्ष भने विश्वब्यापी महामारी कोरोना भाईरस (कोभिड–१९) रोगका कारण, जनस्वास्थ्यमा ध्यान दिँदै, सरकारी लकडाउन निर्देशनहरुको पालना गर्दै रद्द गर्नुपरेको जानकारी गराइएको थियो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार पदम बहादुर राई (बि.ई.एम.), पूर्व महासचिव तथा वर्तमान उपाध्यक्ष जीतेन्द्र राई, उपाध्यक्ष मेजर दिल कुमार राई, उपाध्यक्ष नीलम राई, उपमहासचिव प्रमिला लाबुङ राई, सचिव अनिता राई, सहकोषाध्यक्ष डा. महा राई, सहकोषाध्यक्ष सावित्रा राई, सदस्यहरु भीम राई, गंगाराज राई, मिलनचन्द्र राई, राजेन्द्र राई, विनोद राई, शन्देस राई साथै किरात राई तायामा खियामा महिला समितिको अध्यक्ष रोजी राई आदिको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव चन्द्रवती राईले गर्नु भएको
थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश